कीर्तिपुर नगरपालिकाको स्वास्थ्य उपचार बीमा समबन्धि सार्वजनिक सुचना

कीर्तिपुर नगरपालिकाको स्वास्थ्य उपचार बीमा समबन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं श्रावण ३ ।  कीर्तिपुर नगरपालिकाले स्वास्थ्य उपचार बीमा समबन्धि सार्वजनिक सुचना जारी गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत सीता परियार ले जारि गरेको उक्त सुचनामा कीर्तिपुर नगरपालिकाको संयोजन मा कीर्तिपुर अस्पताल र काठमाडौं मोडेल अस्पतालमा स्वास्थ्य उपचारका लागि उपचार बीमा गर्न इच्छुक तथा  नवीकरण गर्न कीर्तिपुर स्थायी बसोबास गर्नुहुने बासिन्दाहरुले सम्बन्धित वडामा  प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।   प्रथम पटक २० ७८ साल श्रावण १ गते उक्त सुचना प्रकाशित भएको  थियो ।

आवश्यक शर्तहरु निम्न रहेको छ : 

१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति,

२) जम्मा शुल्क रु १३ सय बीमा कर्ता बाट रु ११सय र कीर्तिपुर नगरपालिकाबाट शुल्क रु २ सय व्यहोर्ने,

थप जानकारीको लागि नगर प्रमुख सचिवालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।