कागेश्वरी मनोहरा नगरपालिकाका टोल टोलमा पुग्दै नगर प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौं, श्रावण ३। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले शुरु गरेको टोल टोलमा मेयर अभियानले पुन निरन्तरता पाएको छ। कोरोना महामारीको कारण केहि महिना स्थगित भएको सो अभियान पुन संचालन गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन उक्त अभियान अन्तर्गत नगर प्रमुख थापाले तालिकानै बनाएर प्रत्येक महिनाको १ गते देखी ९ गते सम्म नगरका १ देखी ९ वडा सम्म नियमित रुपमा भए गरेका विकास कार्यको अनुगमन संगै स्थानीयको गुनासो तथा भाबि योजनाको लागि छलफल गर्दै आएका छन। स्थगित भएको सो अभियान श्रावण १ गते देखि पुन शुरु गरेका छन श्रावण १ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलमा भए गरेका विकास निर्माणको कामको अनुगमन गरेका थिए भने श्रावण २ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आलापोटमा भएका विकास निर्माणका कामहरुको सम्बन्धमा वडाबासीहरुसंग छलफल गरेका थिए ।प्रमुख थापाले अड्डापाटी बाट कागेश्वरी धाम जाने निर्माण सम्पन्न ५ सय सिंढीको समेतअनुगमन गरेका थिए।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापाका सहित २ नं.वडाका जनप्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियो । नगर प्रमुख थापाले सोहि अभियान अन्तर्गत नगरका टोल टोलमा पुगी त्यहा भए गरेका विकास निर्माणको निरीक्षण गर्नुको साथै बिकासका काम कामहरु गुणस्तरिय र दिगो हुनुपर्ने भन्दै स्थानीय संग छलफल समेत गर्दै आएका छन।
नगरमा सुशासन कायम गर्ने अभियानका साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले उनि टोल टोलमा मेयर अभियानलाइ एक साथ अघि बढाउदै कागेश्वरी मनोहरा नगरपालिकाका प्रत्येक वडाका टोल टोलमा पुगिरहेका छन । निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान चार वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगामी दिनमा योजनामा समाबेश गर्नु पर्ने बिकासका बिषयमा वडा बासी संग छलफल गर्दै आएका छन ।आफ्नै टोलमा नगर प्रमुखलाई भेट्न पाएकोमा टोलबासीहरु खुशी र हर्षित हुदै आगामी दिनमा गर्न पनि काम को बारेमा सुझाउदै आएका छन ।