Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/214077129_216036577054500_5368505649013372274_n-1024x512.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले गोकर्णेश्वर ८मा घरदैलो स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने

कपन अनलाइन

काठमाडौँ, असार २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा  नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र ले कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर कार्यक्रम  संचालन गर्ने भएको छ ।

आत्मा साक्षी राखी मन, बचन र कर्मले वृद्द,अपाङ्ग असाहयको सेवा। शान्ति ,स्थायित्व र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा भन्ने मूल नाराको साथमा  गोकर्णेश्वर नगरपालिका वडा नं ८ संगको सहकार्यमा आज असार २९ गते बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म महांकाल भैरब सामुदायिक भवन गोकर्णेश्वर८ मा हुने उक्त कार्यक्रममा सहभागी हुनको लागि कार्यक्रम संयोजक  देविका राजोपाध्यायले अनुरोध गरेकी छिन  । मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि  खुशी र स्वस्थ  भए मात्र समाज स्वस्थ हुने बताउदै स्वस्थ समाज निर्माणको लागि नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले  बिभिन्न स्थानमा नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर लगायतको कार्य गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।