नेपाली कांग्रेस  काठमाडौं क्षेत्र-३ को  सभापतिमा दिपेन्द्र लामाको दावी

नेपाली कांग्रेस  काठमाडौं क्षेत्र-३ को  सभापतिमा दिपेन्द्र लामाको दावी

कपन अनलाइन

काठमाडौँ, असार २९ । नेपाली कांग्रेस  काठमाडौं क्षेत्र-३ को  सभापतिमा काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले दावी गरेका छन   ।

स्थानीय र जिल्ला अधिवेशन नजिकिदै गर्दा लामाले आफ्नो क्षेत्रमा सबैलाई मिलाएर  सशक्त नेपाली कांग्रेस निर्माण गर्नको लागि आफुले नेतृत्व  लिने तयारी गरेको कपन अनलाइनलाइ बताएका छन।

राजनीति संगै बिभिन्न सामाजिक अभियानमा सक्रियरहेका लामाले  संगठनलाइ  प्रभावकारी र गतिशिल बनाउनका लागि आफ्नो दावी रहेको भन्दै लामाले काठमाण्डौ क्षेत्र नं ३ मा परिवर्तन र शशक्त योगदानको आवस्यकता रहेको बताए।

तिन स्थानीय तहका विभिन्न वडाहरु  रहेको काठमाण्डौ क्षेत्र नं ३ मा सबैलाई अवसर र हरेकको योगदानका लागि चुस्त संगठन निर्माण र परिचालन आफ्नो मुख्य काम हुने बताउदै लामाले कपन अनलाइन संग भने ,”क्षेत्र नं ३ मा अव परिवर्तन आवस्यक छ”।

तपाइँको प्रतिक्रिया ।