गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

कपन अनलाइन

काठमाडौं ,असार १।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ३१ गते सम्ममा १८९४  जना पुरुष र १६९७  जना महिला गरि कुल  ३ हजार ५ सय ९९  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा १०४ जना पुरुष र ६७ जना महिला गरि कुल १७१ जना

वडा नं २ मा १०३ जना पुरुष र ७९ जना महिला गरि कुल १८२ जना

वडा नं३ मा ८९ जना पुरुष र ७६ जना महिला गरि कुल १६५  जना

वडा नं ४ मा २६४  जना पुरुष र २२८ जना महिला गरि कुल ४९२ जना

वडा  नं ५ मा  ३०४ जना पुरुष र  २४३   जना महिला गरि  ५४७ जना

वडा नं ६ मा ४२९ जना पुरुष र ३९५ जना महिला गरि ८२४ जना

वडा नं ७ मा ११७ जना पुरुष र ११५ जना महिला गरि कुल २३२ जना

वडा नं  ८ मा ३८२ जना पुरुष र ३८४ जना महिला गरि कुल ७६६ जना

वडा नं ९ मा १०२ जना पुरुष र ११० जना महिला गरि कुल २१२ जना संक्रमित   रहेको  जनाएको छ।हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ८२४ जनामा कोरोना संक्रमित भेटिएको जानकारी गराएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।