हाल सम्म गोकर्णेश्वर नगरपालिकाका ३ हजार २ सय ३२ जनाले कोरोना जिते

हाल सम्म गोकर्णेश्वर नगरपालिकाका ३ हजार २ सय ३२ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं ,असार १ । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ३१ गते सम्ममा १८९४ जना पुरुष र १६९७ जना महिला गरि कुल ३ हजार ५  सय ९१  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।कुल संक्रमित मध्ये  १६९५ जना पुरुष र  १५३७ जना महिला गरि कुल  ३ हजार २ सय ३२ जनाले  कोरोना जितेका छन  ।

हाल सम्म नगरपालिकाका  २६ जना पुरुष र २१ जना महिला गरि कुल ४७ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा १७३जना पुरुष र १३९ जना महिला गरि कुल ३१२ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको  छ ।हाल सम्म  ६जना पुरुष र ८ जना महिला गरि कुल १४ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने १६७ जना पुरुष र १३१ जना महिला गरि कुल २९८ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।

हाल सम्म नगरपालिकामा  १७८१ जना पुरुष र १५२८ जना महिला गरि कुल ३३०९ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा २०१ जना पुरुष र १८४ जना महिला गरि ३८५ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  २५३७ जना पुरुष र २२४६ जना महिला गरि कुल ४७८३ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ । त्यसै गरि नगरपालिकाको गोकर्ण  प्राथमिक अस्पताल  अस्थाई  कोभिड आइसोलेसन  सेन्टरमा हाल सम्म १५ पुरुष र ११जना महिला गरि २६ जना रहेको जानकारी गराइएको छ भने हाल सम्म उक्त आइसोलेसन बाट ३ जना पुरुष र ४ जना महिला गरि कुल ७ जना डिस्चार्ज भएको पनि जानकारी गराएको छ । त्यसै  गरि हाल सम्म उक्त आइसोलेसन केन्द्र बाट ३ जना पुरुष र २ जना महिलालाइ अन्यत्र स्थानान्तरण गरिएको पनि जानकारी गराएको छ ।

 कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सन्तोष चालिसेले अनुरोध  गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।