बुढानीलकण्ठ नगरपालिकामा २१ जना संक्रमित थपिए ,कुन वडामा कति ?

कपन अनलाइन

काठमाण्डौ ,असार १।

बुढानीलकण्ठ नगरपालिकामा जेष्ठ ३१ गते २१ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाले  संक्रमित मध्य ९ जना महिला र १२ जना पुरुष रहेको जनाइएको छ ।

नगरपालिकामा हाल सक्रिय संक्रमित २३६५ छन् । सक्रिय संक्रमित मध्य २५७ जना होम आईसोलेसनमा छन् भने  ४४ जना अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

 वडागत विवरणः

वडा नं २ : २ पुरुष

वडा नं ३ :  २ महिला

वडा नं ४ :  १ महिला

वडा नं ८ :१ पुरुष

वडा नं ९ : १  महिला र १  पुरुष

वडा नं १० :  ३ महिला र  १ पुरुष

वडा नं ११ :  १ महिला र  ३ पुरुष

वडा नं १२ :  १ महिला र  २ पुरुष

वडा नं १३ :  २ पुरुष।

तपाइँको प्रतिक्रिया ।