सतर्कता अपनाउदै सावधानी पुर्वक खेतीपाती गर्न सकिन्छ :वडा अध्यक्ष रुद्रमान श्रेष्ठ

सतर्कता अपनाउदै सावधानी पुर्वक खेतीपाती गर्न सकिन्छ :वडा अध्यक्ष रुद्रमान श्रेष्ठ

कपन अनलाइन

धादिङ ,बैशाख ६ ।

अहिले विश्व कोरोना भाइरस बाट विश्वका हरेक देशहरुले आफ्ना नागरीकलाई सुरक्षीत राख्न हरेक प्रयासहरु गरीरहेका छन् ।  नेपालमा पनि केन्द्रसरकार,प्रदेशसरकार र स्थानिय सरकार आफ्ना नागरीकलाई सुरक्षित राख्न बिभिन्न प्रकारको योजना बनाएर कार्यनयन गरिरहेका छन् । यसै क्रममा धादिंग जिल्ला जिल्लाको ज्वालामुखी गाउँ पालिका  वडा वडा नं ३  मा कोरोना भाइरसको जोखिम न्युनिकरण र राहततिरणको विषयमा कपन अनलाइनका बामदेव भट्टले  वडा अध्यक्ष रुद्रमान श्रेष्ठ संग  गरेको  कुराकानी प्रस्तुत गरिएको छ।

कपनअनलाइन :कोरोनाको महामारिमा तपाँइले कसरी आफ्नो वडाबासीलाई सुरक्षित राख्ने प्रयास गर्नु भएको छ ?

रुद्रमान श्रेष्ठ: केन्द्र सरकारले सर्कूलर गरे देखी नै हामीगाउँपालीकाको सिँगो जनप्रतिनिधिको टिम आफ्ना जनतालाइ कोरोना भाइरस  बाट जोगाउन लागिपरेका छौं । यसमा गाउँपालीकाअध्यक्ष , उपध्यक्ष  र हामी सात वटा कैं वडा अध्यक्षहरु र सदस्यहरु रातदिन खटिरहेका छौं । अहिले सम्म सफल पनि भएका छौं ।
सुरुमा हामिले जनतालाइ सचेतना जगाउन  चोकचोकमा घनाबस्ती भएको ठाउँमा कोरोना भाइरस  बाट जोगाउने सन्देस सहितका  ब्यानरहरु बनाइ टसियो । माइकिंग गरी गाउँलेलाइ सचेत गराउदै  किटनासक बिषदी छर्कीने तथा  चोकचोकमा साबुनपानी ले हातधुने तरीका सिकाउदै  सामाजिक दूरी कायम गरी आफ्नो दैनिकी संचालन गर्न अपिल गरिएको छ  ।
म गाउँपालीकाको बिपतब्यबस्थापन समितिको संयोजक भएकोले पनि म अलि बढी जिमेवार भैलागी परेको छु । चौंबिसै घण्टा हामी खटिरहेका छौं ।

कपनअनलाइन : कोरोना भाइरसको परिक्षण कसरी  गरिरहनु भएको छ ?

रुद्रमान श्रेष्ठ:मैले मेरो वडामात्रै हैन पुरै गाउँपालीका भित्र रहेका कारोना भाइरसको संका भएका नागरिकलाई  घरैमा गएर परिक्षण गर्ने ब्यबस्था मिलाएकाछौ ।

गाउँपालीकाभित्र रहेको स्वास्थ्य चौंकीमा चौंबिसै घण्टा आबस्याक सामान सहित स्वास्थ्यकर्मी तयारी अबस्थामा राखेका भने  सामन्य ज्वरो  आएका मानीस लाइ पनी संकाको घेरामा राखेर परिक्षण गरिरहेका छौं । बिदेश बाट अउनुभएको महानूभाबहरुको खोजिगरी उहाँहरुको पनी परिक्षण गरिएको छ र आबस्यक कदमहरु चालिएको छ ।
हामीले दूइ ठाउँमा एउटा सुनखानी मा बि मा ३५ जना क्षमता भएको अर्को संस्कृति मा बि मा ४० क्षमता भएको क्वारेन्टाइन स्थलको व्यवस्था गरेका छौ   ।
मेरै वडामा एकजना भाइको पहिलो अबस्थामा पाजेटिभ  रिपोर्ट आउदा  राति दसबजै धादिङ्गबेसी अस्पताल लगे जसको दोस्रो रिपोट नेगेटिभ  आएकोले घर ल्याइएको छ ।अब उसको संसर्गमा हुनु हुने महानुभाबहरुको रगत परिक्षण गरिदैछ ।
साथै अन्य वडाहरुमापनी घरघरमा ब्यक्ती ब्यक्तीको निगरानी  राखिरहेका छौं ।

कपनअनलाइन :प्मारकोप रोकथाममा  स्थानिय बासिन्दा ,युबा र समाजको अगुवाहरुको कस्तो सहयोग पाउनु भएको छ ?

रुद्रमान श्रेष्ठ:यो वडामा रहनु भएका सुरक्षाकर्मी, स्वस्थ्याकर्मी, प्रत्रकार, वुद्धिजिवि आदिमहानु भाबहरु हमिजतिकैं खटिनु भएको छ ।
यसमायुवाहरुको सक्रियताएकदमै सरायिन रहेको छ । उहाँहरुको उपस्थितीले हामीलाइ धेरै सहयोग महसूस भएको छ । वडा मिहिनेतका साथ खटिनु भएको छ ।महिला समूह , आमा समुह के सहयोग सरानीय छ । सबै पक्षको राम्रो सहयोग पाएको छु ।

कपनअनलाइन : घरमा खानेकुराको समस्याभयो भन्ने जानकारी आएको छ की छैन?

रुद्रमान श्रेष्ठ:अहिले सम्मआएको छैन । तर हामी तेसको पनी तयारी गरीरहेका छौं । लकडाउन बढ्देै जादा घरको अन्न सकिन्छ कमाउन जाने मान्छे घरमा छन् अब के गर्ने ? भन्ने कुरा आइरहेको छ । गाउँपालिकाको बिपत ब्याबस्थापन कोषमा भएको रकम बाट घटाघटमा दैनीक उपभोग्य सामान खरिद गर्ने योजनामा छौं । त्यस पश्चात  परिवर संख्या र आबस्याकताको आधारमा हामी राहात बितरण गर्छौ ।

कपनअनलाइन :गाउँको घरमा  पसलहरु कसरी ब्यबस्थापन गर्नू भएको छ ?

रुद्रमान श्रेष्ठ:दैनीक उपभोग्य सामान खरिद गर्न पसलहरुलाइ विहान सात बजे देखि नौं बजेसम्म र बेलुकापाँच बजे देखि सात बजे सम्म समय छुटाइएको छ ।

कपनअनलाइन : गाउँमाखेतिपाती को समय भयो अब कसरी खेतिपाती गर्ने ?
रुद्रमान श्रेष्ठ:सामाजिकदुरि कायम गरी धेरै मानीस जम्मा नभइकन  आफनो परीवरहरुले गर्दा हुन्छ । हामीले गर्दै आएको मेलापर्म जस्ता मानिस जमघट हुने काम गर्नु भएन । आफ्नो परिवारमा सिमीत भएर आफ्नो खेतबारीमा काम गर्दा हुन्छ ।

कपनअनलाइन :अन्तमा  वडाबासीलाई के भन्न चाहानुहुन्छ  ?

रुद्रमान श्रेष्ठ:।हामी क्षमताले भ्याए  सम्मलागी परेका छौ । कुनै परिवारमा बिरामि भएको वा खान नपाएको अबस्था छ भने हामीलाइ खबर गरिदिनुहोस् । लामो समयदेखि औंषधी सेबन गर्नुहुने मानुभाबहरुलाई औंषधी लिन जाने ब्याबस्था वडाले मिलाउने छ  ।
त्यसैले म मेरा वडावासीदाजुभाई, दिदीबहिनीहरुलाई विनम्रअनुरोध गर्दछु सकेसम्म घर बाट बाहिर ननिस्कनु निस्कनु परेमा सामाजिक दुरि कायाम राख्ने र  कुनै अप्ठ्यारो परेमा हामीजनप्रतीनीधीलाइ सम्पर्क गर्न अनुरोध गर्दै मेरा सहकर्मी जनप्रतिनिधीहरुई स्थानिययुवाहरु सुरक्षाकर्मी, स्वास्थ्याकर्मीहरु सबैलाइ धन्यवाद दिन चाहन्छु ।

तपाइँको प्रतिक्रिया ।