घुम्ती कविगोष्ठी नेपालको ९९ औ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फागुन ९। घुम्ती कवि गोष्ठीको ९९औं शृङ्खला सम्पन्न भएको छ । शीतल गिरीको शीतल निवास बोबोडे  भक्तपुरमा भएको सो  कार्यक्रम बिहान सञ्चालन भएको थियो । शीतल गिरीको  सभापतित्व भएको कार्यक्रम   वेदमणि घिमिरेको प्रमुख आतिथ्यता  तथा डिल्लीराज अर्याल, परशुराम पराशर, खोलाघरे साँहिलो लगायतको आतिथ्यमा सम्पन्न सम्पन्न भएको थियो ।
सो कार्यक्रमको उद्घोषण रामकुमार पण्डितले गरेका थिए । कार्यक्रममा संस्थापक डिल्लीप्रसाद मूलतिहुनले थोत्रो बनाए घरका निदाल भन्दै ‘धमिरा’ शीर्षकमा (व्यङ्ग्यकविता), बबिता थापाले ‘राजनीतिमा भित्रभित्रै झेल हुन्छ भन्ने (गजल), घनश्याम प्रसाईंले ‘इन्द्र सरोवरको पदयात्रा सम्बन्धी’ भजन, भावकेशर बरालले ‘समय चोरिएपछि’ (कविता), परशुराम पराशरले ‘भयौ सितारा किन सम्झनाको’ (कविता), रामकुमार पण्डितले ‘धर्ती र आकाश’ (कविता), दुर्गा अधिकारी भवँरकोटेले ‘लाहुरे गोपालको कहानी’ (सुसेली), खोलाघरे साँहिलोले ‘आ निदरी’ (कविता) तथा डिल्लीराज अर्यालले ‘मेरा अलग्ग छन् कुरा’ शीर्षकको कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सर्जकहरू बाहेक स्रोताहरूको पनि राम्रो उपस्थिति थियो । हरेक वाचित रचनाबारे संक्षिप्त जिज्ञासा र टिप्पणी पनि गरिएको थियो।
कार्यक्रममा सभाध्यक्ष गिरीले छोटो मन्तव्यसहित ‘कसको के लाग्छ’ (कविता) वाचन गरे भने प्रमुख अतिथि घिमेरेले आफ्नो छोटो भनाइसहित ‘खै के भयो के भयो ?’ शीर्षकको रचना वाचन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।