हाम्रो ठाउँमा : पवनकुमार बुढाथोकी
कपन अनलाइन
काठमाडौं ,माघ १८ ।
गरिबलाई झन अझै
महंगीले थिच्न थाल्यो
अभाब र बिपन्नताले
किच्न थाल्यो !
जो जो सबैलाई यसबाटनै
मुक्त गर्दिन्छु भन्दै कुर्लन्थे
उनिहरुनै
अरुको भागसमेत हडपेर
आवश्यकता भन्दा बढी नै
सर्वसाधारणको ख्यालै नगरि
घिच्न थाले !
निमुखा शक्ति बिहिनका
बेरोजगारी, अभाव
र पीडाले दिन बित्न थाल्यो
शक्ति सम्पन्नका ऐस, आराम
र बिलासिताले दिन
झन झन उत्ताउलो, रवाफिलो
र ठाँटपुर्ण हुन थाल्यो !
हुने खाने र सुबिधा बिहिन बिचको
खाडलको अन्तर
झन झन फराकिलो भै
बढ्न थाल्यो !
मानबीय मुल्य मान्यता, मित्रतापुर्ण
व्यबहारहरु दिन दिनै
घट्न थाल्यो !
जताततै स्वार्थ र शक्ति लोलुपताका
अभ्यासहरु बढ्न थाल्यो !
मानिसको दिमागमा भगवानले भन्दा
शैतानले बढी बास बस्न थाल्यो !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।