समय साथी : डा. प्रदीप ढकाल (कविता )

कपन अनलाइन

काठमाडौं ,माघ १८ ।

ए साथी, पर्ख न है
एकपटक यो बिसौनीमा बस्न मन छ
जीवनको भारीको बोझले
थाप्लोमा बनाएको नाम्लोको डाम छाम्दै
निधारमा बगेको पसिना पुछ्नु छ .

लक्ष्यमापुगेपछि त फर्किनै छ
चुचुरोमा पुगेपछि झर्नै छ
लक्ष्यमा अघि बढिरहँदा नै
यात्राकामार्गमा नै जीवनको आनन्दलिनु छ .

कोदाली र कलमचलाउँदाचलाउँदै थाकेका औँला
चौतारीमा बसेर पड्काउनु छ
मार्गका ढुङ्गामा ठोक्किएर चोट लागेको रक्ताम्यऔँलामा
रुमालच्यातेर बाँध्नु छ .

मुटुको चोटबाट निस्केका पीडाका आहत
यहीखुलाक्षितिजमाचिच्याएर रित्याउनु छ
शरीरका घाउका ऐया र दर्दको त के कुरा भो र ?
नजिकैको खोलाको पानीमाधोएर बगाउनु छ
अनि,
युगौँदेखि दबिएर रहेका हृदयकाव्यथालाई
हावाको वेगसँगै बहाउनु छ …

त्यसैले एकछिन भञ्ज्याङमाबिसाउन मन छ
एकछिन् भएपनि सुस्ताउन मन छ
चुचुरोमा पुगीजीवनको अन्तिमभारी बिसाउनु अघि
जीवनश्वास प्रकृतिमाविलीनहुनु अगावै
एकपटक लामो श्वास लिन मन छ …

त्यसैले, पर्ख है समय साथी !
तिम्रो समयको सुईले जीवनको पूरै फन्को मार्नु अघि
एकपटक यही चौतारोमा तिमीसँगै सुस्ताउनु छ
अनुभूतिहीनभई चीरनिद्रामानिदाउनु अगावै
तिम्रै काखमा पल्टेर
आकाशकाचन्द्र र तारालाई
दुवै हात जोडेर प्रार्थना गर्नुछ –
यो जीवनकथा,
यो जीवनव्यथा कसैलाई नभन्नु ल –
फेरि ऊ त्यो परको क्षितिजपारी
कहीँकतै कसैको छाती चस्किन सक्छ
कसैको मुटु दुख्न सक्छ
उनैको मुटु फुट्न सक्छ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।