बुढानिलकण्ठका १३ वटै वडामा संगठन विस्तार र परिचालनमा केन्द्रित हुन्छौ : नगर सभापति गणेश कोइराला

बुढानिलकण्ठका १३ वटै वडामा संगठन विस्तार र परिचालनमा केन्द्रित हुन्छौ : नगर सभापति गणेश कोइराला

कपन अनलाइन

काठमाडौं ,माघ १।

नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति गणेश कोइरालाले  बुढानिलकण्ठका १३ वटै वडामा संगठन विस्तार र परिचालनमा केन्द्रित हुने बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाका १३ वडा मध्ये २ वटा वडामा अध्यक्ष सहित केहि सदस्यमात्र जित्नुमा संगठनमा देखिएको अन्यौलता र परिचालनमा कमजोरी रहेको बताउदै अध्यक्ष कोइरालाले माघ ३ गतेको विरोध सभा पश्चात संगठन परिचालनमा लाग्ने योजना रहेको सुनाएका छन।

नगरपालिकाका धेरै वडाहरुमा जित्ने सम्भावना हुँदाहुदै पनि पराजित हुनुपरेको कारण विश्लेषण गरेर आगामी योजना तय गरेर अभियान संचालन गर्ने जानकारी दिदै कोइरालाले नगरपालिकाका गलत गतिविधिको पनि खबरदारी गर्ने बताएका छन।

काठमाडौं क्षेत्र नं ४ को राजनीतिमा लामो समयदेखी सक्रिय रहेका अध्यक्ष कोइरालाले माघ ३ गतेगोल्फुटार मैदानमा आयोजना गरिएको विरोध सभामा सहभागी बन्न आग्रह गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।