योगको इतिहाँसमा : योगगुरु भगवान “शिव”

योगको इतिहाँसमा : योगगुरु भगवान “शिव”

कपन अनलाइन

काठमाडौं ,माघ १/पदम बहादुर कार्की

हिमालय पर्वतमा बिराजमान पार्वती र शिव भगवान बिच संवाद हुँदा माता पार्बती शिवलाई सोध्नुहुन्छ हे शिव !  यो सन्सारमा मानिसहरू सुखी रहने लोभ,मोह , पाप ,घमण्ड अहंकार बाट पार पाउने कुनै उपाय छ भनि प्रश्न गर्दा शिव भन्नुहुन्छ सुन सबैकुराबाट पार पाउन योग नै यस्तो विधि हो यो विधि भन्दा महत्वपूर्ण अर्को कुनै छैन भनेर शिवले पार्वतीलाई योगको महत्व र गुण बताउनु भएको कुरा धार्मिक ग्रन्थमा उल्लेख गरेको पाईन्छ।

योगबाट नै मानिसले सबै मुक्ति पाउने छ्न। स्वस्थ सुखी जीवन बिताउन पाउँद्छ्न भन्नेकुरा धार्मिक शास्त्रमा बताईएको छ। योगका आदि गुरु भगवान शिव नै हुनुहुन्छ । योगलाई ऋषि सन्तहरुले साधनाको निरन्तर अभ्यास र अनुभुती गरेर योगको ज्ञान बिज्ञान सबैमा बाँढेका थिए।

पहिला ऋषि सन्त हरुले योग कुटिमा बसेर साधना गर्ने बिषय हो I जोगिले मात्र गर्दछ्न भन्ने परम्परा थियो। त्यसैले योग शिक्षा पहिला देखि राम्ररी बिकास हुन पाएन । बिस्तारै पछि योगलाई एक बिज्ञानको बिकास गरि जिवन उपयोगि सरल रुपमा सर्वसाधारणमा बिस्तार गोरखनाथले बिस्तार गर्नुभएको पाईन्छ ।

आधुनिक बिकासको क्रमसगै योगको महत्व र क्षेत्र पनी बिकास हुँदै गयो । योग बैधिककालअघिदेखि शुरु भयको पाईन्छ । बेद नै यस्तो शास्त्र हो जहाँ सम्पुर्ण जीवन जगतको ब्याख्या गरेको पाईन्छ । जुनकुरा त्यसबेलाका ऋषमुनि सन्तहरुले लेखेका छ्न। सभ्यताको क्रमको ईतिहाँस लाईहेर्दा श्रृष्ठीको बिकासमा भगवान शिवको यौगिक आसन मुद्राका मुर्तिहरु भेटियको कुरापनी धेरै पाईन्छ। पहिला पहिला योग दारि कपाल लामो- लामो पाल्ने गेरुबस्त्र धारण गर्नुपर्ने, घरबार छोडनु पर्ने, ब्रह्मचारी बस्नेले मात्र गर्ने साधना हो भन्ने बुझाईले सर्वसाधारणमा राम्रो सँग बिकास हुन पाएन ।

मानिसको पुर्वजन्मको आधारमा ८४ लाख जुनिहरु छ्न भन्ने शात्रमा उल्लेख गरेको पाईन्छ । भगवान शिवले यिनै ८४ लाख प्राणिहरुको आधारमा नै योगआसनको संख्या ८४ लाख छ्न भनी मानिएको छ। त्यसैले ८४ लाख प्रकारका योग आसन छ्न भनिन्छ। त्यसैले योगको शुरुवात भगवान शिवबाट नै भएको हो।

अहिले पूर्वीय दर्शनको योगलाई पश्चिमि मुलकमा बिस्तार गरि पछिल्लो समयमा योग एक जीवन पद्धतिका रुपमा बिकास गर्न आवस्यक  ठानेर  सन्तहरु र गोरखनाथ बाबाको योगदानबाट आज सर्वसाधारणमा सरल तरिका बाट आएको छ ।

अहिले आयर पूर्वीय दर्श्ननको योगबिज्ञान बिश्वभरी भरी फैलिएको छ। बिश्वका मानिसले आज निरोगी शान्त सुखी खुशी आनन्द साथै मानव जीवनको जिउने सहज तरिका योग नै रहेछ भनि अनेकौं रिसर्चमा भेटियका सफलताका धेरै प्रमाणका आधारमा योगशिक्षा लाई अभ्यास र अनुभुति गरि प्रसस्त लाभ लिईरहेका छ्न । यसरी नै पूर्वीय दर्शनको योग बिज्ञान बिश्वभर आज कुनै जात धर्म कुनैकेही नभनि स्वतन्त्र सरल सहज तरिकाबाट फैलिदै गयको छ।

तपाइँको प्रतिक्रिया ।