कागेश्वरी मनोहरा नगरपालिकाको अर्धबार्षिक समिक्षा सभा सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकाको अर्धबार्षिक समिक्षा सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ १। कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक वर्ष २०७७/ ७८ को अर्धबार्षिक समिक्षा सभा सम्पन्न भएको छ । नर्लिंग रिसोर्टमा  स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार २०७७ साल पौष २७ २८ र २९ गते नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा   भएको नगर सभा  तथा  अर्धबार्षिक समिक्षा सभाले सर्वसम्मत रुपमा पारित गरेका  निर्णयहरु निम्न रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराए।

१) स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७९ मा व्यवस्था भए बमोजिम आर्थिक वर्ष २०७७/७८का लागि नगर सभा बाट पारित स्वीकृत बजेटलाइ कार्यपालिकाले स्वीकृत बार्षिक बजेटको अधिनमा रही साधारण (चालु) तर्फको र पुजीगत शिर्षकका केहि रकम शिर्षकमा हेरफेर गरि कार्यपालिका बाट निर्णय भइ पेश हुन आएको प्रस्ताब पारित गर्ने निर्णय गरेको छ ।

२ ) नगर सभाले पारित गरेका आर्थिक वर्ष २०७७/७८का लागि वडामा तोकिएको बजेटको अधिनका योजना सोहि बजेटको परिधिभित्र रही वडा समितिको बैठक बाट निर्णय भै संशोधनका लागि पेश भएका योजनाको नाम र बजेट पारित गर्ने निर्णय ।

३ )आर्थिक वर्ष २०७७/७८ का लागि तोकिएका व्यवसय करमा छुट हुन आएका व्यवसायहरुको बार्षिक करका दर तोक्न नगर कार्यपालिका बाट अनुमोदन भै आएका शिर्षक र दरलाई अनुमोदन गर्ने निर्णय ।

 

४) स्थानीय सरकार संचालन ऐन  २०७४को दफा २० मा व्यवस्था भए बमोजिम कार्यपालिकाले पारित गरि सभामा पेश हुन आएका सुचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धि बिधेयक २०७७ ,बातावरण तथा प्राकृतिक श्रोत संरक्षण बिधेयक २०७७ लगायतका ऐन तथा कार्यविधिलाइ पारित गर्ने निर्णय ।

५ ) बेरुजु असुल उपर गर्न लेखा समितिले सिफारिस गरे अनुसार उपभोक्ता समिति बाट असुल उपर हुनुपर्ने  र फरफारक गर्न बाँकी पेश्की रकम लाने उपभोक्ता समितिकापदाधिकारी तथा सदस्यलाइ कालो सुचिमा राखी नगरपालिका बाट हुने सेवा प्रवाह तथा योजनामा सहभागी नगराउने प्रस्ताब समेत पारित भएको जानकारी गराए ।

६ )  मुलपानी नगर अस्पताल हाल संचालनमा आएको छ तर जनशक्तिको अपर्याप्तता भएकोले केहि स्वास्थ्य तर्फका पदहरुको अस्थायी दरबन्दी थप गर्न नगर प्रमुखको संयोजकत्वको अस्पताल व्यवस्थापन तथा संचालक समितिको निर्णयबाट माग भइ आएका अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्ताब पारित भएको छ ।

७) तत्कालिन गा.बि.स. र नगरपालिकाले जारी गरेका मापदण्ड भन्दा पहिले स्वीकृत मापदण्ड बिपरितका भवनहरुलाइ कैफियत सहितको निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गर्ने कार्य २०७७ माघ १ गते देखि पुन: सुचारु गर्ने स्वीकृत नक्सामा सामान्य त्रुटी देखिएका निर्माण सम्पन्नका लागि तोकिएको जरिवाना लिइ अन्तिम सम्पन्न दिने प्रस्ताब पारित भएको पनि जानकारी गराए ।

८) नगरसभामा पेश हुन आएका बिषयगत शाखाका प्रगति बिवरण उपर नगर सभामा रहेका सदस्यहरु बाट सुझाब सहित  पारित भएको जानकारी गराए ।

नगर सभामा उप प्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत,  कागेश्वरी मनोहरा नगरपालिका १ देखि ९ सम्मका वडा अध्यक्षहरु,वडा सदस्यहरु  कार्यपालिका सदस्यहरु सहित बिषयगत शाखा प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।