भूमाफियाको दादागिरी ,प्लटिङ तथा बालुवा अबैध उत्खननका समाचार लेख्दा ज्यान मार्ने धम्की

भूमाफियाको दादागिरी ,प्लटिङ तथा बालुवा अबैध उत्खननका समाचार लेख्दा ज्यान मार्ने धम्की

कपन अनलाइन

काठमाडौं ,पुस १

बुढानिलकण्ठ नगरपालिकामा भैरहेका अबैध बालुवा उत्खनन् तथा डाँडाे भास्ने, खाेला मास्ने विषयमा लगातार कलम चलाइरहेका स्थानीय पत्रकार  केशवराज पाठकमाथि ज्यान मार्ने धम्की आएकाे छ । पुष १ गते बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित काैडाेलमा रहेकाे एक प्लटिङ नजिक वनमा दुइजना मुखुण्डाे लगाएका मानिसले याे प्लटिङ हाम्राे तैँले ज्यान फाल्न निहु खाेजिस् अब के के हुन्छ हेर्दा जा भनेर काठमाडौं खबरका प्रधान सम्पादक पाठकलाई  धम्की दिएका थिए ।

कालाे रंगकाे २८२९ नम्बरकाे मधुर अक्षरले लेखिएकाे माेटर साइकलमा बाटाे ढुकेर बसेका दुइजना नै हरियाे रंगकाे उनीकाे नकाब लगाएका थिए । एकजनाले कालाे रंगकाे लामाे ज्याकेट लगाएकाे थियाे भने एकजना हरियाे रंगकाे ज्याकेट लगाएकाे थियाे । उनीमाथि ज्यान मार्ने धम्की दिँदै दुइजना नै तारेभीरतिर लागेका थिए ।

धम्की दिएपछि पाठकद्वरा स्थानीय प्रहरी प्रशासनमा शान्ति सुरक्षाकाे लागि निवेदन दिएका छन् । त्यसैगरी स्थानीय नगरपालिकामा पनि मेयर लगायतलाइ याे बारेमा जानकारी दिएका थिए । पाठकले नियमित रूपमा वन, वनपैदावार तथा वन्यजन्तुकाे संरक्षणका बारेमा लेख्दै आउँदा धेरै प्लटिङ एवम् बालुवा धुने काम गर्नेहरूलाइ असहज भैरहेकाे थियाे ।

बुढानिलकण्ठ १३ काैडाेलकाे प्लटिङबाट बालुवा बेचिएकाे र साेका कारण वातावरण एवम् भाैगाेलिक अबस्थामा समस्या आउने भनेर राेकि पाठकले आफैले स्थानीय नगरपालिका तथा जिल्ला वन कार्यालयमा निवेदन दिएका थिए । यस बारेमा बुढानिलकण्ठ प्रहरी प्रभागमा शान्तिसुरक्षाकाे मागसहित पाठकले निवेदन दिएका छन् भने नगरपालिका मेयर तथा उपमेयरलाइ ज्यान मार्ने धम्कीका बारेमा जानकारी दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।