मानवसेवा आश्रमले मेची महाकाली यात्रा–२०७७ गर्ने

कपन अनलाइन
काठमाडौं,  पुष २  ।

मानवसेवा आश्रमले (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकमानवहरुको सहयोगको अपेक्षासहित यही पुष ७ गतेदेखि आगामी माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली यात्रा–२०७७) गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराईएको हो ।
आश्रमले मेची–महाकाली यात्रा २०७७ गर्नुको प्रमुख उद्देश्यमा देशका पूर्वदेखि पश्चिमसम्मका मुख्य राजमार्गको आसपासमा कष्टपूर्ण जीवन विताईरहेका सहयोगापेक्षी मानवहरुको उद्धार गर्ने, सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनको लागि जनचेतना अभिवृद्धि राउने र मानवता प्रर्वछन गर्ने, स्थानीय सरकारसँगको सहकार्य र समन्वयलाई बृहत बनाउने र सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि आधार तय गर्ने रहेका छन् । आश्रमले जनाएअनुसार यात्रामा राजमार्ग र आसपासका क्षेत्रमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको उद्धार, सरसफाई, प्रार्थमिक उपचार उनीहरुसँगै सहभोज र विभिन्न आश्रममा स्थानान्तरण गराउने, र सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापन एवं सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिनेपनि जनाईएको छ ।
आश्रमले २०६९ सालदेखि खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहनी, शारिरीक तथा मानसिक रुपमा कमजोर) मानवहरुको उद्धार, उपचार, पालनपोषण एवम् पारिवारिक पूनर्मिलनको कार्य गर्दै आईरहेको छ ।
आश्रमले आज मात्रै क्लबको पत्रकार सम्मेलनमार्फत नै केन्द्रीय लेखा परिक्षण एवम् आय व्यय विवरण पनि सार्वजनिक गरेको छ ।
प्रेस विज्ञप्तीको पूर्णपाठ
२०७६ साउन १ गतेदेखि यही २०७७ असार मसान्तसम्म ग बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सडकमानवहरुको
राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा–२०७७)
पौष ७ देखी माग ७ सम्म
पृष्ठभूमी ः
मानवसेवा आश्रम २०६९ सालदेखी खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको कार्यहरु गराउँदै आइरहेको छ । नेपाललाई नै २०७८ सालभित्र कोहीपनि मानिस भोकै,नाङ्गै सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न नपर्ने राष्ट्रको रुपमा नेपालको पहिचान स्थापित गराउने नेपाल सरकारको घोषित नीति तथा कार्यक्रम र मानवसेवा आश्रमको २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माण गराउने प्रतिवद्धता वीच लक्ष्यमा समानता देखिएकोले नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा गराउने अभिप्रायले यस अभियानको सुभारम्भ गरिएको हो ।
यात्राका प्रमुख उद्देश्य ः
१) देशको पुर्व देखी पश्चिम सम्मका मुख्य राजमार्गको आसपासमा कष्टपुर्ण जीवन विताइरहेका सहयोगापेक्षी मानवहरुको उद्धार गर्ने ।
२) सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनको लागि जनचेतना अभिबृद्धि गराउने, मानवता प्रवद्र्धन गर्ने ।
३) स्थानिय सरकारसँगको सहकार्य र समन्वयलाई बृहत बनाउने ।
४) सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माणको लागि आधार तय गर्ने ।
यात्रामा के के गरिन्छ ?
क) राजमार्ग र आसपासका क्षेत्रमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुको उद्धार, सरसफाई, प्रार्थमिक उपचार उनीहरुसँगै सहभोज र विभिन्न आश्रममा स्थानान्तरण गराउने ।
ख) सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापन एवं सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम ।

समयाअवधि ः
१) पौष १ गते देहाय बमोजिमको विषयवस्तु समेट्नेगरी पत्रकार सम्मेलन आयोजना गर्ने ।
ड्ड रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी केन्द्रीय लेखा परिक्षण एवं आय व्याय विवरण सार्वजनिक गर्ने ।
ड्ड सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा बर्ष २०७८ लाई सफल पार्न हालसम्म हासिल भएका उपलब्धीहरु, सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महा
२) पौष १ गतेदेखी ७ गतेसम्म काठमाडौंका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा बाध्यात्मकरुपमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापपेक्षी मानवहरुको बृहत उद्धार कार्यक्रम सञ्चालन गरीने छ । यस कार्यक्रम अन्र्तगत १०० जना बास्तविक सहयोगापेक्षी मानवहरुको उद्धार गरिने छ ।
३) पुष ७ गते सम्माननीय प्रधानमन्त्रीज्युबाट सहयोगापेक्षी सडकमानवहरुको राष्ट्रिय उद्धारकार्यक्रमको समुद्घाटन हुने कार्यक्रम भएको छ ।
४) सहयोगापेक्षी सडकमानवहरु अत्याधिक रहने स्थानहरु पुर्व–पश्चिम् राजमार्ग, राजमार्ग सँग जोडीएका प्रमुख तथा साहायक सहरहरुका सडकपेटी, खोला किनारा, एवं सार्वजनिक स्थलहरुको स्थलगत अवलोकन, सहयोगापेक्षीहरुको सामुहिक उद्धार, सरसफाई, सहभोज एवं आश्रममा स्थानान्तरण गराउने । यस क्रममा करिब ३०० जना वास्तविक सहयोगापेक्षीहरुको उद्धार गरिने छ।
हरेक स्थानमा गरिने कार्यक्रमहरु ः
१) सहयोगापेक्षीहरुको सामुहिक उद्धार, सरसफाई, प्राथमिक उपचार तथा सहभोज
२) सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापन विषयक अन्तरक्रिया एवं अभिमुखिकरण कार्यक्रम
कार्यक्रम तालिका ः
क्र.स. मिति कार्यक्रम हुने स्थानीय तह
१. पौष ९ गते विहीबार मेचीनगर नगरपालिका,
झापा
२. पौष १० गते शुक्रबार ईटहरी नगरपालिका, सुनसरी
३. पौष ११ गते शनिवार विराटनगर नगरपालिका, मोरङ्ग
४. पौष १२ गते आइतबार राजविराज नगरपालिका, सप्तरी
५ पौष १३ गते सोमबार लाहान नगरपालिका, सिराहा
६ पौष १४ गते मंगलबार जनकपुरधाम उपमहानगरपालिका
७ पौष १५ गते बुधबार बर्दिबास नगरपालिका, महोत्तरी
८ पौष १६ गते विहीबार हरीवन नपा, सर्लाही
९ पौष १७ गते शुक्रबार चन्द्रपुर नपा, रौतहट
१० पौष १८ गते शनिवार निजगढ नपा, बारा
११ पैष १९ गते आइतबार वीरगञ्ज मनपा, पर्सा
१२ पौष २० गते सोमबार हेटौंडा उपमहानगरपालिका, मकवानपुर
१३ पौष २१ गते मंगलबार भरतपुर महानगरपालिका, चितवन
१४ पौष २२ गते बुधबार गोरखा नपा, गोरखा
१५ पौष २३ गते विहीबार बेसीसहर नपा, लमजुङ्ग
१६ पौष २४ गते शुक्रबार पोखरा महानगरपालिका, कास्की
१७ पौष २५ गते शनिबार बाग्लुङ्ग नपा, बाग्लुङ्ग
१८ पौष २६ गते आइतबार बुटवल उपमहानगरपालिका, रुपन्देही
१९ पौष २७ गते सोमबार सुनवल नगरपालिका, नवलपरासी
२० पौष २८ गते मंगलबार कृष्णनगर नपा, कपिलवस्तु
२१ पौष २९ गते बुधबार लमही नगरपालिका, दाङ
२२ माघ १ गते विहीबार नेपालगञ्ज उपमहानगरपालिका, बाँके
२३ माघ २ गते शुक्रबार ठाकुर बाबा नपा, बर्दिया
२४ माघ ३ गते शनिवार धनगढी नगरपालिका, कैलाली
२५ माघ ४ गते आइतबार भिमदत्त नगरपालिका, महेन्द्रनगर
२६ माघ ६ र ७ गते काठमाडौं । काठमाडौं महानगरपालिका

आवश्यक बजेट ः (एक महिनासम्म हुने यस यात्राको अनुमानित खर्च)

क्र.स. विवरण परिमाण अनिमानित खर्च
१ डिलक्स बस १ थान १छ,००० ८ ३० दिन द्ध,५०,०००।(
२ डिजल, पेट्रोल, ग्यास १ण्,०००।८ ३० दिन घ,ण्०,०००।(
३ स्पिकर २ सेट ४०,०००।( ८ २ ८०,०००।(
४ उद्धार गरिएका लक्ष्मीनारायणहरुलाई आश्रममा स्थानान्तरण नगराइन्जेलको लागि र यात्रामा रहेका अभियान्ताहरुको लागि खाना तथा खाजा खर्च (आफैले पकाउने) खानाः ट०जना ८द्दछाक८घण्दिन ८प्रति व्यक्ती रु १०० का दरले रु ३,६०,००० ।(
खाजाःघण्जना८ २पटक ८घण् दिन८रू छण् का दरले रु ढण्,ण्ण्ण् द्ध,छण्,०००।(
५ इन्टेनेट पोर्टेवल राउटर १५,००० ।(
६ सरसफाई सामाग्री तेल, नेलकटर, साबुन, तौलीया, दारीरकपाल काट्ने मेसिन, ३०,०००।(
७ होटल बसाई ३० दिन ८द्द५ जना ८८०० का दरले ट,ण्०,०००।(
८ ब्रुसर तथा प्रचार सामाग्री १,००,००० प्रती ८रू ६ का दरले ६,००,०००।(
९ मेडिकल खर्च छण्,ण्ण्ण्।( छण्,ण्ण्ण्।(
१० लत्ता कपडा खरिद खर्च ,जुत्ता ,मोजा ,टोपी द्धण्ण्८ज्ञछण्ण् ट,ण्ण्,ण्ण्ण्।(
११ व्यवस्थापन सम्बन्धी विविध सामाग्री टर्च,बैशाखी,बाकर,रेडियो,ग्यास गिजर,स्टेचर ,हुईलचियर १,०ण्,ण्ण्ण्।(
१२ भाडा सामाग्री थाल,डिक्चे,चम्चा,कचौरा,तथा अन्य भान्सा सामाग्री तथा टेन्ट ज्ञ,छण्,ण्ण्ण्।(
१३ फ्ल्ेक्स ब्यानर नेपाल यात्रा भरको लागी ३५,०००।(
जम्मा खर्च ः अक्षरुपी चौतिस लाख साठ्ठी हजार मात्र । ३४,६०,०००।(

नोट ः यस अभियान अन्तर्गत उद्धार गरेका लक्ष्मीनारायणहरुलाई आश्रममा स्थानान्तरण गर्दा प्रतिव्यत्ति बेड, म्याट्रेस सेट, सरसफाई सामाग्री, भाडाकुँडा लगाएत अति आवश्यक सामाग्री खरिद गर्दा रु १५,००० खर्च हुनेछ भने यस अभियानमा ४०० वास्तविक सहयोगापेक्षीहरुलाई उद्धार गरिने लक्ष्य राखिएको हुँदा आश्रम सुरुवातमा आवश्यक हुने सामाग्रीहरु खरिद गर्न रु ६० लाख रुपैया अति आवश्यक हुने देखिन्छ । यस पुनित कार्यमा आफुले चाहेको परिमाणमा समेत योगदान पु¥याउन सकिने बेहोरा सादर जानकारी गराउँदछौं । जस्तो ५ सेट बेड विस्तारा, म्याट्रेस सेट, भाडाँकुडा र सरसफाई सामाग्री खरिदका लागि ७५,०००÷– योगदान गर्न सकिन्छ ।
मेची महाकाली यात्रामा सहभागी हुने अभियान्ताहरु ः
क्र.स. नामथर संलग्नता
१) रामजी अधिकारी अध्यक्ष, मानवसेवा आश्रम
२) धर्म प्रसाद पौडेल उपाअध्यक्ष, मानवसेवा आश्रम
३) शुशिला केसी रुपा महासचिव, मानवसेवा आश्रम
४) सुमन बर्तौला सचिव, सुमन बर्तौला
५) होमनाथ तिमल्सिना कोषाअध्यक्ष, मानवसेवा आश्रम
६) उमा भण्डारी सदस्य, मानवसेवा आश्रम
७) सृजना ओली सदस्य, मानवसेवा आश्रम
८) नवराज केसी सदस्य, मानवसेवा आश्रम
९) आदर्श ढकाल सदस्य, मानवसेवा आश्रम
१०) सुमिरा लामा सदस्य, मानवसेवा आश्रम
११) देवेश गुप्ता सदस्य, मानवसेवा आश्रम
१२) स्वयंसेवकहरु ः अभिभावक परिवारबाट ४ जना
मानवसेवा आश्रम प्रविधिक समुहबाट ५ जना (स्वास्थ्यकर्मी, मल्टिमिडीया कर्मी, रेकर्ड किपर,…)
मानवसेवी युवा समूहबाट ५ जना
कविर आश्रम बानेश्वरबाट ५ जना
जम्मा ः ३० जना

अन्तमा ः धर्तिकै स्वर्ग नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न सहयोगापेक्षी (बेसहारा, अशक्त, अनाथ, अभिभावकविहीन, शारिरीक तथा मानसिकरुपमा कमजोर मानवहरु एक गाँस भोजन र एक सरो कपडाको अभावमा कष्टपुर्ण जीवनयापन गर्न पर्ने अवस्था रहनु कुनैपनि दृष्ट्रिकोणबाट उपयुक्त हुन सक्दैन । त्यसैले आऔं सबै सहकार्य गरौं जीवन नै जोखिममा रहेको सहयोगापेक्षीहरुको जीवन रक्षा गरौं । मानवताको परिचय दिऔं ।
जय मानवसेवा ! जय मानवता !

बार्षिक प्रगती प्रतिवेदन
२०७६ श्रावण १ गतेदेखी २०७७ असार मसान्त सम्म
१) २०७६ श्रावण १ गतेदेखी २०७७ असार मसान्त सम्म मानवसेवा आश्रमको सेवाबाट लाभान्वित भएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर)सडकआश्रित मानवहरुको विवरण यस प्रकार रहेको छ ।
१. कुल उद्धार ४२९ जना ४. अघिल्लो बर्षमा उद्धार गरिएको आश्रित संख्या ७५५ जना
२. पारिवारीक पुर्मिलन २५१ जना ५. अल्पकालिन सेवा लिने १६५० जना
३. सेवाको क्रममा शरीर छाडेको संख्या ७६ जना कुल लाभान्वित संख्या ३८३४ जना

२) २०७७ श्रावण १ गतेदेखी हालसम्म भएको सेवा विवरण निम्नानुसार रहेको छ ।
१. कुल उद्धार २०२ जना ४. अल्पकालिन सेवा लिने १५० जना
२. पारिवारीक पुनर्मिलन गराइएको १६३ जना ५. कुल लाभान्वित संख्या ५४१ जना
३. सेवाको क्रममा शरीर छाडेको संख्या २६ जना

३) हाल सम्म भएको सेवाहरु र एवं कुल लाभान्वित संख्या र हाल आश्रित सहयोगापेक्षीहरुको उमेरगत विवरण ः

१. हाल आश्रित संख्या १०६८ जना ४. अल्पकालिन सेवा लिने १९५० जना
२. पारिवारीक पुर्मिलन गराइएको १५१३ जना ५. कुल लाभान्वित संख्या ४९०७ जना
३. सेवाको क्रममा शरीर छाडेको संख्या ३७६ जना

हाल आश्रित १०६८ जना मध्ये,
क्र.स. विवरण संख्या
१. महिला (१६ देखी ४० बर्ष) ३४७ जना
२. पुरुष ३५२ जना
३. ज्येष्ठ नागरिक २७१ जना (महिला १०२ जना, पुरुष १६९ जना)
४. बालबालिका ९८ जना (बालक ५० जना, बालिका ४८ जना)

४) मानवसेवा आश्रम मुख्य कार्यालय मकवानपुर हेटौंडाको भवननिर्माण कार्य सम्पन्न भई भाडाको घरमा सञ्चालनमा रहेको आश्रमको आफ्नै घरमा स्थानान्तरण गराइएको छ । २०० जना सहयोगापेक्षीहरुलाई सजिलै सेवा लिन सकिने यस घरमा हाल १७० जना सहयोगापेक्षीहरुले आश्रय लिइरहनुभएको छ ।
५) मानवसेवा आश्रम चितवन शाखाको निर्माणाधिन भवनको कम्पाउण्ड र प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ भने अन्य दुई ओटा भवनहरु आ.व. २०७७÷०७८ मा सम्पन्न गर्ने गरी भाडाको घरबाट आफ्नै घरमा प्रवेश गर्ने योजना मानवसेवा आश्रमको रहेको छ ।
६) कास्की पोखरामा ६३ रोपनी क्षेत्रफलमा मानवसेवा आश्रमको भवन सहित मानवीय स्मारक निर्माण कार्यको सुभारम्भ भइसकेको छ । सामाजिक विकास मन्त्रालय १ नं. प्रदेश सरकारसँगको सहकार्यमा ११ विघा १४ कठ््ठा जग्गामा मानवसेवा आश्रम, जेष्ठ नागरिक ग्राम र बाल शिक्षा केन्द्रको सिलन्यास भइसकेको छ । रुपन्देही तिलोत्तमा १५० जनालाई सेवा दिन सकिने भवनको सिलन्यास भइसकेको छ ।
७) बाँकी सम्पुर्ण आश्रम सञ्चालन रहेको जिल्लाहरु करिब करिब जग्गाको टुंगो लागिसकेको छ भने मानवसेवा आश्रम काठमाडौंको भवन काठमाडौं महानगरपालिकाले बनाइदिन प्रतिवद्धता अनुसार तारकेश्वर नगरपालिकामा भवननिर्माण गर्ने तयारी अन्तिम तयारी चरणमा रहेको छ ।
८) बाग्मति प्रदेशको राजधानी मकवानपुर जिल्ला र भरतपुर महानगरपालिका, लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका र गण्डकी प्रदेशको गोरखा नगरपालिका सहित सिङ्गो कर्णाली प्रदेश सहयोगापेक्षी (बेसहारा, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवमुक्त क्षेत्र घोषणा भइसकेको छ ।
९) सहयोगापेक्षी सडकआश्रित मानवमुक्त काठमाडौं महानगर घोषणा महाअभियान कोरोना कहरको कारण केही प्रभावित भएको भएपनि लक डाउनकै समयमा मात्र काठमाडांैको सडकपेटीबाट ८८ जना सहयोगापेक्षीहरुको उद्धार भएको छ । हाल काठडौंको सडकपेटीमा बाध्यात्मकरुपमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षीहरुकोे संख्या अति न्युन रहेको छ भने जाँड रक्सि र नशामा झुलेर सडकजीवन विताउनेहरुको संख्या धेरै छ ।
१०) हाल देशको सातै प्रदेशमा आफ्नो सेवा केन्द्रहरु सञ्चालन गरिरहेको यस आश्रमले देशको ७७ ओटै जिल्लामा उद्धार गर्न सकिनेगरी तयारी सकेको छ । कोहीपनि सडकपेटी र सार्वजनिक स्थलहरुमा बाध्यात्मकरुपमा कष्टपुर्ण जीवनयापन गरिरहेको देखे मानवसेवा आश्रमको हटलाई फोन नंहरु ९८५५०७६००१ देखी ९८५५०७६०१५ र ९८४३३४७६०० देखी ९८४३३४७६४९ सम्म सम्पर्क गर्न सकिने छ । सहयोगापेक्षीहरुको अवस्था, जटिलता र सेवाको आवश्यकतालाई महशुस गरी यथासिघ्र उद्धार गरिने छ ।
११) देशव्यापी रुपमा मानवता जागेको छ ः
मानवसेवा आश्रमले सम्पादन गर्दैै आइरहेको सेवाभावबाट प्रभावित भएर सेवामा जोडीन चाहाने र सहयोग गर्न चाहानेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । आफ्नो जन्मदिन, विवावबषगाँठ वा पितृहरुको सम्झनामा आश्रममा आश्रितहरुसँग रमाउने, एक अर्कालाई मानवीय सेवामा जोड्न प्रेरित गर्ने, दिन दुखि र समस्यामा परेकाहरुलाई सहयोग गर्न पर्छ भन्ने भावना पहिलेको तुलनामा अत्याधिक बढेको छ । मानवसेवा आश्रम दिन खुदी र समस्यामा परेकाहरुको सेवा गर्ने स्थल मात्र नभई हरेक मानिसमा निहित मानवीय गुणको उजागर गर्न, मानवता प्रवद्र्धन मा योगदान गर्न र मानवता सिक्ने र सिकाउने व्यवहारीक खुला विश्वविद्यालय बन्दै गइरहेको छ ।
सहयोगापेक्षी सडकमानवहरुको यथार्थ जीवनशैली जो कोहीले सम्झदा पनि कहालीलाग्दो हुन्छ, अकल्पनीय हुन्छ । केही दिन अघि मात्र मानवसेवा आश्रमले लमजुङ्गको दार्दी गाउँपालिका माझगाँउबा तीन दशकदेखी फलामे नेलमा कैद भएका र्ईमाानसिंह गुरुङको उद्धार गरीएको छ भने १३ बर्षदेखी फलामे साङलोमुक्त गराई औषधी उपचारपछि पुन पारिवारीक पुनर्मिलन समेत गराइएको छ ।
उनीहरुको पीडा र जीवनको दुख कमै नागरिकहरुको हृदयले मात्र महशुस गर्न सक्ने अवस्था थियो । न त समुदाय स्तरमा न त राज्यको नीतीमा दुवैमा सहयोगापेक्षी सडक मानवहरुको स्थान केही बर्ष अघि सम्म गौण देखिन्थ्यो । तर अवस्था फेरीदै गएको छ । तिनै तहको सरकार र नागरिकस्तरमा समेत सहयोगापेक्षी मानवहरु प्रति गर्ने व्यवहारमा सकारात्मक परिवर्तन आएको सहजै महशुस गर्न सकिने भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय भई केही दिन अघि मात्र तिनै तहको सरकार र प्रहरी, प्रशासन र सम्बन्धित नियकायहरुलाई समेत खुला आकाशमुनी सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश (बेसहारा, असहाय, अशक्त, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मनसिकरुपमा कमजोर मानवहरुको) मानवोचित व्यवस्थानृ अविलम्म गर्न र त्यसको लागि सम्बन्धित क्षेत्रमा रहेका मानवसेवामा समर्पित संघसंस्थाहरुसँग समन्वय गर्न समेत निर्देशन भएको छ ।
चुनौतिहरु ः
१. कुनैपनि वैदेशिक दातृ निकायहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने प्रतिवद्धता सहित मानवीय सेवामा होमिएको मानवसेवा आश्रमको लागि सिमीत स्रोतबाट असिमित सेवा गर्नु पर्ने अवस्थाको सामाना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती रहेको छ । हरेक महिना करोडौं खर्च रहने मानवसेवा आश्रमको हालसम्म कुनै दिघो स्रोत नहुन सबैभन्दा ठूलो चुनौतिको विषय रहेको छ ।
२. प्रशासनिक खर्चहरु कम गर्दै सेवालाई प्रभावकारी बनाउने योजना संस्थाको भएपनि संस्थाले ठूलो आकार लिदै गएपछि यो सम्भव नहुँदो रहेछ । लड्दै र सिक्दैको सिद्धान्तबाट अघि बढेको मानवसेवा आश्रम अब लड्न नपाउने अवस्थामा पुगेको छ ।
३. संस्थाप्रति विश्वास र जनअपेक्षा दुवै बढ्दै गएकोले सोही अनुसार आफूलाई तयार पार्नु आजको सबैभन्दा ठूलो आवश्यकता संस्थाको रहेको छ ।
४. सडकपेटी र सार्वजनिक स्थलहरुमा बास्तविक सहयोगापेक्षी भन्दापनि दिनभर काम गर्ने, माग्ने, बरालिएर सडकमै अस्तव्यस्त जीवनशैली निर्भाह गर्नेहरुको व्यवस्थापन सबैभन्दा चुनौतिपुर्ण छ भने घरपरिवारले नै सडकमा ल्याई छाडिदिने घटनाहरु समेत पछिल्लो समय बढ्दै गएको छ ।
५.रक्सि र मादक पदार्थले मात्तिएर सडकजीवन विताउनेहरुको शरीर अत्यन्त कमजोर र रोगी बनेपछि पूर्णरुपमा बेसहारा बनि सडकमा भेटीने र एकैको उपचारमा ठूलो रकम खर्च गर्नुपर्ने र अन्तमा बचााउन पनि नसकिने जस्ता समस्याहरुको कारण स्रोतको व्यवस्थापनमा अत्यन्तै कठिन भइरहेको छ ।
६.आश्रममा रहेका मध्ये ८० प्रतिशत बढी मनोरोग वा मानोसामाजिक समस्या भएका मानवहर रहेको र अन्य बाँकी आश्रितहरुमा पनि कुनै न कुनै किसिमको समस्या रहेको कारण औषधी उपचारमा ठूलो समस्या भइरहेको छ ।
७. संस्थाको आफ्नौ भवन नहुँदा भाडामा लिएको घरहरु बढी खर्चिले हुने, सहयोगापेक्षी मैत्री नहुने, समाजको वीचमा बस्नुपर्दा छिमेकीहरुलाई समेत डिस्र्टव हुनगई छिमेकीहरुसँगको सम्बन्ध राम्रो हुन नसक्ेन जस्ता चुनौतिहरुलाई मानवसेवा आश्रमले झेल्दै आइरहेको छ ।
८. उद्धार र पारिवारीक पुनर्मिलन तथा औषधीउपचारको सेवामा सवारी साधनको अभाव हुने भएकोले पनि सेवा प्रभावकारी हुन सकिरहेको छैन । हाल आश्रममा समर्पित रहेका करिब १५० जना मध्ये ७० जना आशिंक तलव लिने र बाँकी निशुल्क स्वयंसेवक भएकोले केही राहात भएको भएपनि ७० जनाको तलवको व्यवस्थापन संस्थाको लागि चुनौतिपुर्ण बन्दै गइरहेको छ ।
९. संथाको दिगो स्रोत नहुनु तथा प्रत्येक महिनाको खर्च करिब एक सवा करोडको हारहारीमा रहेकोले प्राकृतिक विपत्ति, माहामारी जस्ता विशेष दिनहरुमा संस्था सञ्चालनमा अत्यन्त ठूलो समस्या झेल्नुपर्ने बाध्यता रहि आएको छ ।
१०. पछिल्लो समय सरकारी अनुदानको हिंसा बढेको भएपनि जनमानसमा मानवसेवा आश्रमको सञ्चाल व्यवस्थापनको सम्पूर्ण जीम्मेवारी नै नेपाल सरकारले लिएको भनेजस्तो संदेश जनस्तरमा प्रवाह भएको कारण स्थानियस्तरमा प्राप्त हुने सहयोगहरु कम हुन थालेको छ, जसको कारण स्रोतको व्यवस्थापनमा अत्यन्त ठूलो समस्या आइरहेको छ ।
संस्थाको भावी योजाना ः
१. वि.स. २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनी कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावविहीन, शारिरीक तथा मानसिकरुपमा कमजोर) मानवहरु रहित राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य २०७८ साल सम्ममै पुरा गर्ने गरी तयारी सुभारम्भ भएको छ । निम्नानुसार घोषणा गर्न सकिनेगरी गृहकार्य भइरहेको छ ।

२. सहयोगापेक्षी सडकमानव मुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणाको लागि आधार तय गर्न यहि पौष १ गतेबाट विशेष अभियान सञ्चालन गरी पौष सातगतेदेखी माघ सात गतेसम्म सहयोगापेक्षी सडकमानवहरुको राष्«िय उद्धार कार्यक्रम मेची महाकाली यात्रा सुभारम्भ गरिने छ । यस अभियान अन्तर्गत ४०० जना बास्तविक सहयोगापेक्षीहरुको उद्धार गरिने छ । यात्राको समुदघाटन सम्माननीयज्युबाट यहि पौष ७ गते दिनको ३ बजे बालुवाटारमै हुने कार्यक्रम समेत तय भइसकेको छ । यात्रा सम्बन्धी सम्पुर्ण जानकारी यसैसाथ संलग्न छ ।
२. मानवसेवा आश्रमको सम्पुर्ण शाखाहरुको भवननिर्माणको कार्यलाई गति दिई थयासिघ्र सेवा सञ्चालनको लागि प्रिफ्याव घरहरु बनाउने । २०७८ सालसम्ममा हाल भाडामा सञ्चाल रहेको सेवालाई आफ्नौ घरमा स्थानान्तरण गराउने ।
३. सहयोगापेक्षी सडकमानवहरुको तत्काल उद्धार तथा पारिवारीक पुनर्मिलन गराउन सम्पुर्ण जिल्लाहरुमै तत्काल रेस्पोन्स समूह (मानवसेवी समूह गठन गर्ने) र सम्पुर्ण आश्रमको जिल्ला शाखाहरुमा कम्तिमा एम्बुलेन्स सेवा सुभारम्भ गर्ने ।
५. वास्तविक सहयोगापेक्षी बाहेकका सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापनको लागि नेपाल सरकारका तिनै तह र प्रहरी प्रशासन एवं सम्बन्धित निकायहरुसँगको सहकार्यलाई थप उचाईमा पु¥याउने।
८. सम्बन्धित निकायबाट स्वीकृति लिई सहयोगापेक्षी मानवहरुलाई सेवा दिन सकिनेगरी एक मानसिक अस्पताल सुभारम्भ गर्ने ।
९. संस्थाको पार्दशितालाई अधिकतम ध्यानमा राखि भएगरेका सम्पुर्ण गतिविधी र आर्थीक प्रदिवेदनलाई समेत प्रत्येक हप्ता नै सार्वजनिक गर्नेगरी कम्तिमा ३० मिनेटको साप्ताहिक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने।
धन्यबाद ! जय मानवसेवा !! जय मानवता !!!

तपाइँको प्रतिक्रिया ।