काठमाडौं महानगरपालिका वडा नं ७ मा डा.राजन भट्टराई ,विकास योजनाहरुको निरिक्षण

कपन अनलाइन

काठमाडौं ,पुस १।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं महानगरपालिका वडा नं ७ का विभिन्न विकास योजनाहरुको निरीक्षण गरेका छन।

स्थानीय र संघीय निर्वाचनको दौरान निर्माणको बाचा गरेको मैजुबहाल चक्रपथ कालोपत्रे बाट वडा नं ७ का विभिन्न योजनाहरुको निरीक्षण शुरु भएको वडा नं ७ का अध्यक्ष सुद्ध डंगोलले जानकारी दिएका छन।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,नेकपा काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउला ,वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल, सदस्यहरु कृष्ण मणि भट्टराई ,निर्मला पुडासैनी ,सकुन्तला सुन्दास ,कृष्ण प्रसाद घिमिरे सहित स्थानीय नेता तह कार्यकर्ताहरु सहित योजना निरीक्षणमा पुगेका डा. भट्टराईले स्थानीयहरु संग अन्तरक्रिया गर्दै वडामा थप विकास योजना ल्याउने प्रतिवदत्ता ब्यक्त गत्रेका थिए।

त्यस्तै योजनाहरुको निरीक्षण पश्चात काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं ७ का सम्पूर्ण सडक एकमुस्ट निर्माणका लागि योजना अगाडी बढिसकेको जानकारी दिदै पशुपति मित्र मावी र मेडिकेयर पछाडीको सार्वजनिक जग्गामा आधुनिक पार्किंग निर्माण गर्ने वडाको प्रस्तावलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवदत्ता ब्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।