चम्पादेवी -१० रानीबनमा १५ शैयाको अस्पताल शिलान्यास

कपन अनलाइन
काठमाडौं ,मंसिर १५।
चम्पादेवी -१० रानीबनमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ। चम्पादेवी गाउँपालिकाका  अध्यक्ष नबराज केसीले सो अस्पतालको शिलान्यास गरेका हुन्।
चम्पादेवी गाउँपालिका वडा नं १० का वडा अध्यक्ष उज्जन बुडाथोकी,स्वास्थ्य शाखा प्रमुख प्रेम सुवेदी, स्थानीय बुद्धिजीवी,राजनीतिक दलका प्रतिनिधि, स्वयंसेविका लगायतको उपस्तिथिमा आयोजित कार्यक्रममा सो अस्पतालको शिलान्यास गरिएको हो।
नेपाल भरका ३९६ पालिका भित्र ओखलढुंगा जिल्लाको मात्र नभई प्रदेश नम्बर १ कै १५ शैयाको अस्पताल भवन आज चम्पादेवी १० रानिवन अस्पतालमा सिलान्यास गरिएको बताउदै  गाउँपालिकाका  अध्यक्ष केसिले सो अस्पताल बाट चम्पादेवी गाउँ पालिका र लिखु गाउँपालिकाका आम नागरिकले सेवा लिन पाउने बताएका थिए ।
उक्त १५ शैयाको अस्पताल निर्माणका लागि चम्पादेवी गाउँपालिका वडा नं १० निवासी दिप बहादुर बुढाथोकीका छोरा खड्ग बहादुर बुडाथोकीले ९ रोपनी जग्गा उपलब्ध गराएका थिए।
तपाइँको प्रतिक्रिया ।