तारकेश्वर नगरपालिकाका विद्यालयहरु आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने

तारकेश्वर नगरपालिकाका विद्यालयहरु आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने

क्पान अनलाइन

काठमाडौं ,मंसिर १५।

तारकेश्वर नगरपालिकाका  विद्यालयहरु आगामी मंसिर २१ गतेबाट सञ्चालनमा आउँने भएका छन् । आज बसेको तारकेश्वर नगर शिक्षा समितीको वैठकले मंसिर २१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

विद्यालय सञ्चालन पूर्व अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितीको वैठक बसी स्वास्थ्य सुरक्षाको पूर्ण पालन हुने गरि कार्ययोजना बनाई सोको प्रतिलिपी नगरशिक्षा शाखालाई पेश गर्ने पर्नेछ ।

विद्यालय विहान र दिउसो २ सिप्ट र कक्षागत आलोपालो गरि हप्ताको ३ दिन विद्यार्थी विद्यालय आउन व्यवस्था गर्ने र विद्यालय भने हप्ताको ६ दिन सञ्चालन गर्नुपर्नेछ । ठूला कक्षालाई विहानको सिप्ट र साना कक्षालाई दिउसोको सिप्टमा विद्यालय आउने व्यवस्था गर्नुपर्ने निर्णय नगर शिक्षा समितीले गरेको हो ।

तपाइँको प्रतिक्रिया ।