चस्मा : ममता मृदुल ( लघुकथा )

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

चस्माको एकापट्टिको डण्ठा भाँच्चियो । कानको एकापट्टि मात्र अड्याएर लगाउँदा कान दुख्न थालेपछि जीवनले बुहारीलाई पुर्जीसँगै एक हजार दिएर चस्मा बनाइदिन भने । उनले हुन्छ भनेर पैसा र पुर्जी लिइन् ।
साँझमा घर आएपछि चस्मा दिन्छिन् कि भनेर मागेनन् । उनले सबै सामान राखेको हेरिरहे चस्मा थिएन । घरका सबै सामान आइरह्यो । तीन महिना बित्दा पनि चस्मा आएन ।
बाउको मुख हेर्ने दिन बिहानै छोरी आइन् । एउटा मात्र डण्ठा भएको चस्मा देखेर उनी हाँसिन । केही बोलिनन् । साँझमा ज्वाइँ नातिनातिना सबै भेला भए । खाना खाइसकेपछि घर जाने बेलामा छोरीले बुवा यो राख्नु भनेर दिइन् । उनीहरु गइसकेपछि जीवनले बट्टा खोलेर हेरे चस्मा रहेछ ।
भोलिपल्ट बिहान ससुराले चस्मा लगाएर किताब पढेको देख्नासाथ बुहारीले चियाको गिलास थपक्क भुँइमा राखेर लोग्नेलाई सुनाउँदै भनिन्, एक दिन आएर चस्मा किनिदिदैमा प्यारो हुने सके सधै  पालेर देखाउनु नि ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।