टोखा नगरपालिकामा १६ दिने लैगिक हिंसा विरूद्धको अभियान शुरु

टोखा नगरपालिकामा १६ दिने लैगिक हिंसा विरूद्धको अभियान शुरु

कपन अनलाइन

काठमाडौं ,मंसिर १३ /नविना श्रेष्ठ

टोखा नगरपालिकामा १६ दिने लैगिक हिंसा विरूद्ध का कार्यक्रम सुरु भएको छ। यसपटक भने कोरोना भाइरस (कोभिड-१९) को महामारीले गर्दा भर्चुअल विधिबाट मानसिक स्वास्थ्य र मनोविमर्श   कार्यक्रम सुरु भएको छ।

लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियानको संयोजक टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा विगतका वर्षहरूमा विभिन्न कार्यक्रमहरु हुर्दै आएको थियो। विगतका वर्षहरूमा भैतिक रुपमा उपस्थित भएर प्रत्येक वडामा लैगिक हिंसा विरूद्ध का जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन हुँदै आएको थियो।

यस पटक भने १६दिने अभियान अन्तर्गत २ दिन भर्चुअल विधिबाट कार्यक्रम सुरु भएको कार्यक्रमका संयोजक तथा टोखा नगरपालिका का उपप्रमुख ज्ञान माया डंगोलले वताउनु भयो। यो पटकको कार्यक्रम टोखा नगरपालिका को आयोजक र ओरेक नेपालको सहकार्यमा सुरू भएको उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

सो  कार्यक्रममा टोखाका सबै वडाका जनप्रतिनिधिहरु नगर शाखाहरुको प्रमुख र नगर भित्रका संघ- संस्थाहरु को प्रतिनिधि सहभागी भएका थिए। भर्चुअल मिटिङ्ग मा नगर उपप्रमुख ज्ञान माया डंगोलले आजको कार्यक्रमका उदेश्य बारे जानकारी दिँदै स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख प्रकाश अधिकारीले लैगिक हिंसा बारेमा मन्तव्य राखेका थिए। नगर महिला तथा बालबालिका शाखा निरीक्षक विमला वाग्लेले पनि मन्तव्य राखेका थिए।

आजको कार्यक्रमको प्रशिक्षक ओरेक नेपाल का रुपा भट्टराईले मानसिक स्वास्थ्य र मनोविमर्श बारे भिडियो डकुमेन्ट्री सहित प्रशिक्षण दिनु भएको थियो। अर्को कार्यक्रम अबको १९ गते दिइने टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले वताएकी छन ।

तपाइँको प्रतिक्रिया ।