आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न राष्ट्रिय जेनजी नागरिक अभियानको माग

आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न राष्ट्रिय जेनजी नागरिक अभियानको माग

कपन अनलाइन
काठमाडौं कार्तिक ३ ।
लुम्बिनी विकास कोषमा अनी छोइङ डोल्माको नियुक्त तत्काल खारेज गर्न राष्ट्रिय जेनजी नागरिक अभियानले माग गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी छोइङ डोल्मा तिब्बतीयन शरणार्थीलाई लुम्बिनीको जिम्मा दिनु राष्ट्रघाति कदम रहेकोसमेत जनाएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले सरकारकले कोषको उपाध्यक्षमा नियुक्ति दिने विषयले देशभक्त नेपाली नागरिकहरुको अपमान भएको जिकिर गरेका छन् । प्रधानमन्त्री बलेन्द्र साहले संयुक्त राष्ट्र संघको महासभामा बुद्धको उपदेश दिएर हौशला बढाए पनि लुम्बिनीमा तिब्बतीयन शरणार्थीलाई मुख्य जिम्मा दिने विषयले उनको द्वैध चिरत्र उदाङ्गो भएको बताए ।
दसैंको मुखमा जनतालाई छलेर गरिएको नियुक्ति खारेज नगरे कार्तिक ९ गतेबाट संघर्ष गर्ने घोषणा गरेका छन् ।

छोइङ स्वयमले आफू तिब्बती शरणार्थी भएको स्वीकार गरेकोे, सोही अनुसार उनी नक्कली नागरिकताधारीलाई लुम्बिनीको जिम्मा लगाउने विषय बालेन सरकारको राष्ट्रघाति कदम भएको सिंहको कथन छ । “सन्दुक रुइतले प्रधानमन्त्रीलाई दबाब दिएर डोल्मालाई नियुक्ति दिएको विषय रास्वपाकै साथिहरुले भनेका छन् । हामीलाई अचम्म लाग्छ, ती सन्दुक भन्ने मान्छे आखिर को हुन्, यो देश कसले चलाईरहेको छ” सिंहले प्रश्न गरे ।

अभियानका प्रवक्ता विर्जन विकले छोइङ डोल्माको नियुक्ति विदेशी योजनामा भएको र त्यसलाई देशभक्तहरुलाई स्वीकार्य नहुने धारणा राखे । विकले ‘बारबराको भूमिकामा आनी छोइङ डोल्मालाई सरकारले स्थापित गर्न खोजिरहेको आरोपसमेत लगाए । उनले डोल्माको नियुक्तिलाई नेपाली भूमि चीनविरुद्धको गतिविधि गर्ने अखडा बनाउने पछिल्लो कडिका रुपमा रहेको दाबी गरे । “यिनीहरु नेपालबाट दालाई लामा घोषणा गर्ने योजनामा छन्, दलाईकी दूत डोल्मालाई लुम्बिनीको चाबि थमाएका छन्” विकले भने ।

“बालेन–सुदनले टिओबी सम्मेलन नेपालमा गर्ने प्रयास गरे, युरेनियम सम्झौता गरे, बालेनले ‘इण्डियाको भूमी हामीले मिचेकाछौं’ भने, अब तिब्बतीयन डोल्मालाई लुम्बिनीमा नियुक्त गरे, यसबाट के प्रष्ट हुन्छ भने उनिहरु विदेशीको योजनामा अघिबढिरहेका छन्” विकले भने ।

जेनजी अभियान्ता सफलता बोगटीले विषय विज्ञ, स्वच्छ र लुम्बिनीको स्थानीयलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्नेमा त्यसको ठिक उल्टो भएको आरोप लगाईन् ।
“३ महिना अघि नै ७ सय २७ विज्ञहरुले निवेदन दिएको तर निवेदन नै पेस नगरेकी ‘अनागरिक आनी छोइङ डोल्मा’ छनौट कसरी र किन योग्य भइन” सरकारलाई बोगटीले प्रश्न गरिन् ।

जेनजी रमेश रावतले छोइङ डोल्माको नियुक्ति कुनियतका साथ भएको आरोप लगाउँदै भने, “तिब्बतबाट भागेका भगौडाहरुले देश कब्जा गर्ने योजनास्वरुप शरणार्थीलाई लुम्बिनीको चाबी बुझाईयो ।”
जेनजी सुशिल बुढाथोकीले वर्तमान सरकारका एकपछि अर्को गर्दै जनविरोधी र राष्ट्रघाति निणर्यले नयाँ विद्रोहको जन्म गराउने खतरा रहेको बताए । उनले प्रधानमन्त्री बालेन्द्र साहलाई प्रयोग गर्दै सन्दुक रुइत र सुदन गुरुङको इसारामा तिब्बती षड्यन्त्र नेपालमा स्थापित गराईरहेको आरोप लगाए ।

जेनजी सुनिल विकले छोइङ डोल्मा आफैले ‘फूलको आँखामा’ भन्ने पुस्तकमा तिब्बती शरणार्थी स्वीकारेको भन्दै त्यस्ता नक्कली नागरिकताधारीलाई योत्रो महत्वपूर्ण जिम्मेवारी किन दिइयो, प्रश्न गरे ।
अभियान्ता दिनेश सुवेदीले आनीलाई मात्रै नभएर धेरै जस्तो उच्च अहोदाका पदहरुलाई खरिदि बिक्रीको साधन बनाएको आरोप लगाउँदै, सरकारले सुशासन, पारदर्शिता र जवाफदेहिताको धज्जी उडाएको बताए ।
जेनजी अमृति बोहराले सरकारले राष्ट्रियता सर्वभौमसत्तामाथि चरणबद्धरुपमा प्रहार गरिरहेको जिकिर गर्दै समयमै सरकार सचिन आग्रह गरे ।

तपाइँको प्रतिक्रिया ।