Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/127644815_212371423818189_7147775084580225593_o-1-e1606536368344.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

किर्तिपुर नगरपालिकाको मंगसिर १२ गते सम्मको कोरोना अपडेट

कपन अनलाइन
काठमाडौं मंगसिर १३ । किर्तिपुर नगरपालिकाले मंगसिर १२ गते शुक्रबार सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ । जसमा किर्तिपुर नगरपालिकामा हालसम्म ११६० जनामा कोरोना संक्रमण भएको उल्लेख गरिएको छ। जस मध्ये १०२५ जनाले कोरोना जितेको र कोरोनाको कारण १० जनाको मृत्यु भएको पनि जनाएको छ। त्यसैगरि नगरपालिकाले वडा गत रुपमा कोरोना संक्रमितको संख्या समेत सार्वजनिक गरेको छ ,जसमा
वडा नं १मा १३ जना
वडा नं २ मा १५ जना
वडा नं ३ मा ५ जना
वडा नं ४ मा १९ जना
वडा नं ५ मा १२ जना
वडा नं ६ मा १३ जना
वडा नं ७ मा ७ जना
वडा नं ८ मा ५ जना
वडा नं ९ मा १५ जना
वडा नं १० मा २१ जना
हाल सम्म ५६ जना महिला र ६९ जना पुरुष गरि कुल १२० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।हाल सम्म होम आइसोलेसनमा १२०जना रहेको र अस्पतालको आइसोलेसनमा ५ जना रहेको पनि उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।