शक्तिशाली बन्दै निर्मल कुइँकेल

कपन अनलाइन कार्तिक २१ बिहिवार
काठमाडौं क्षेत्र नं. ४ मा गगन थापा र नन्दकिशोर पुन पासाङका कारण मिडियाको चर्चा परिचर्चामा पछाडि परेका एमालेका युवा नेता निर्मल कुइँकेलको प्रभावकारिता दिन प्रतिदिन बढ्दै गएको पछिल्लो गतिबिधिले देखाएको छ । एमाले काठमाडौं जिल्ला अध्यक्षसमेत रहेका कुइँकेल असल संगठकको रुपमा परिचित छन् । चाबेल क्षेत्रको स्थानीय बासिन्दा रहेका कुइँकेलले आफ्नो राजनीतिको अधिकांश समय हाल क्षेत्र नं. ४ मा रहेको गाविस तथा वडामा बिताएको हुँदा यहाँको हरेक विषयसँग जानिफकार मानिन्छन् । स्थानीय एमाले कार्यकर्ताबीच कुशल संगठकको रुपमा मात्र नभई सरल, सहज र मृदुभाषी व्यक्तित्वको रुपमा परिचित छन् उनी ।

मतदाता परिचयपत्र
संबिधानसभाको निर्वाचनको विषय उठेपछि यस क्षेत्रका एमाले कार्यकर्ताको उम्मेदवारको रुपमा एकमात्र माग निर्मल कुइँकेल थियो । पार्टी उपाध्यक्ष विद्या भण्डारीको नाम चर्चा परिचर्चा हुँदा कतिपय चिनिएका नेताले प्रत्यक्ष बिरोध जनाएर निर्मल कुइँकेलको पक्षमा लबिङ गरेका थिए । कार्यकर्ताको मागलाई केन्द्रले पनि आत्मसात गरेर निर्मल कुइँकेललाई क्षेत्र नं. ४ मा पठाउँदा एमालले संभावित बिजय हुने ठाउँमध्ये एक हुने आशा समेत गरेको हुनुपर्छ । स्थानीयमात्र नभई हरेक रुपमा प्रभावशाली भएकाले उनको चुनौति यस क्षेत्रमा गगन थापा र पासाङले हरेक खुट्किलामा अनुभव गरिरहेका छन् यतिखेर ।

चुनावी प्रसंगको सुरुसुरुमा काठमाडौं क्षेत्र नं. ४ मा गगन र पासाङको बीच चुनावी प्रतिस्पर्धा भन्ने नथाक्ने मिडिया हुन् वा स्वतन्त्र विश्लेषक अब यो प्रतिष्पर्धामा निर्मल कुइँकेलको नामलाई प्रमुखताका साथ लिइरहेका छन् । नेपाली कांग्रेसले त यस क्षेत्रमा चुनावी प्रतिष्पर्धा एमालेसँगै रहेको बताउन थालेको छ भने । स्वतन्त्र मत सर्वेक्षणमा पनि एमाओवादीभन्दा एमाले अगाडि देखिनुले अब क्षेत्र नं. ४ मा निर्मल कुइँकेल र गगन थापाको चुनावी प्रतिष्पर्धा हो भन्दा फरक नपर्ने चुनावी विश्लेषकहरु बताउँछन् ।

DSC08898
राजधानीबाट प्रकाशित हुने अनलाइन पत्रिकामा पछिल्ला १५ दिनमा प्रकाशित भएका १६ वटा समाचारमा पनि यस क्षेत्रमा नेका र एमालेबीच प्रतिष्पर्धा रहेको लेखिनुले निर्मल कुइँकेल शक्तिशाली बन्दै गएको आभाष मिल्दछ । ठूलो नाम भएर पनि बिभिन्न तालमेलका कारण कमजोर देखिएको एमाओवादीका कारण पनि एमालेप्रतिको जनलहरमा बढिरहेको छ । त्यसैगरी नेपाली कांग्रेसका युवा नेता गगन थापाको चुनावी प्रचारप्रसारमा देखिएको व्यवस्थापनको अभावका साथै सुप्रभा घिमिरेको मनोवैज्ञानिक दवाबले एमालेलाई अगाडि बढ्न हौसला प्रदान गरेको छ ।

क्षेत्र नं. ४ को सबैभन्दा बढि मतदाता भएको कपन गाविसमा एमालेको राम्रो संगठनले पनि विपक्षीलाई फलामको च्यूरा बनेका छन् निर्मल कुइँकेल । ०५१ सालदेखि कपनको संगठनमा प्रत्यक्ष अप्रत्यक्ष सहभागि रहेका निर्मल कुइँकेल अरु पार्टीका नेताभन्दा यहाँका जनतासँग विशेष नजिक पनि छन् । ०५४ सालको स्थानीय चुनावमा कपन, चुनिखेल, चपली, महाँकाल गाविस तथा वडा नं. ७ र ८ मा एमालेको स्थानीय सरकार थियो । त्यही बेलादेखिको संगठन तथा विकास निर्माण कार्यको दस्ताबेज बनाएर अगाडि बढेकाले पनि निर्मल कुइँकेलको प्रभावकारीता विपक्षीहरुका लागि अत्यासलाग्दो बनिरहेको छ ।

DSC08841

तपाइँको प्रतिक्रिया ।