सिक्किमको नेतृत्वबाट नेपालले सिक्नुपर्ने पाठ

सिक्किमको नेतृत्वबाट नेपालले सिक्नुपर्ने पाठ

-सम्झना शर्मा ढकाल

फागुन २१ गते नजिकिँदै गर्दा सबैको चासो अबको नेतृत्वकसको हातमाजाला, त्यो नेताजसले देशको शासन सत्ता सम्हाल्छ उसले जीवनको बलिदान दिएका ७६ जनायुवालाई र उनीहरुको परिवारलाई न्यायदिन सक्लान् किन सक्लान् , नयाँ समृद्ध नेपालको आशा लिएर ५० डिग्री सेल्सियसको गर्मीमा काम गरिरहेका  युवाहरुलाई घर फर्किने वातावरण सिर्जना गर्न सक्लान् किनसक्लान् , रुँदा रुँदाआँशु रित्तिएका जीवनका असंख्य उतार चढाव भोगिसकेका प्रमाण स्वरुप चाउरिएका अनुहार लिएर देशको विकास,सुख समृद्धिको आशमा बसेका वृद्धहरुको जीवनको अन्तिमचाहना पुरा होला किन होला भन्ने असमञ्जसता सबैको मन मष्तिस्कमा बसेको छ ।
नेपाल प्रकृतिले धेरै माया गरेको देश हो ।तर, अथाह स्रोत साधन भएर पनि नेपालमा विकासले गति लिन नसक्नु भनेको एक मात्र पक्ष जिम्मेवार छैन । राजनीतिक अस्थिरता, भ्रष्टाचार, निजी स्वार्थ, फितलो कानुन, अतिवादी सोच जस्ता विविध कारणवश नेपालको विकास अति नै सुस्त गतिमा अघि बढेको पाइन्छ । अबको निर्वाचनपछि एउटा झिनो आशा जागेको छ, जसले देशमा आमुल परिवर्तन ल्याउँछ भन्ने सबैको मनमा लागेको छ ।
भौगोलिक रूपमा धेरै समानता भएको र उत्तरपूर्वमा सिमाना जोडिएको सिक्किम र नेपालबिच भौतिकदूरी धेरै छैन, तर विकासका हिसाबले दुई राज्यबिच धेरै असमानता देखिन्छ । नेपाल जस्तै सिक्किम पनि हिमाली क्षेत्र हो । हिम श्रृंखलाहरु दुवै राज्यका उस्तै हुनु्,अझ नेपालमा विश्वकै सर्वौच्च शिखर सगरमाथा हुनु, हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथको मन्दिर प्रमुख आस्थाको केन्द्र हुनु जस्तै बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी हुनुले नेपालको गरिमालाई अझ बढाएको छ । लुम्बिनीलाई हेर्न र घुम्न विश्वका कुना कुनाबाट पर्यटकहरु आउने सम्भावना धेरै रहेको छ ।यतिका स्रोत र साधन भएर पनि नेपालले विकासको गतिलिन सकेको छैन तर विकासका क्रममा हेर्ने हो भने, सन् १९७५ पछि राजतन्त्रको बन्धनबाट मुक्त भएर भारतको २२ औँ राज्यमा स्थापित,सानो तर सुन्दर राज्य सिक्किमले निकै ठुलो फड्को मारेको छ । यसको प्रमुख कारण त्यहाँको असल नेतृत्व नै हो भन्ने कुरामा कुनै दुई मत छैन ।
सिक्किममा हालका मुख्यमन्त्री श्री प्रेमसिंह गोलेको शासनकालमा विकासले उल्लेख्य गति प्राप्त गरेको छ । उनी भन्दा अघिका मुख्यमन्त्रीद्वय श्री नरबहादुर भण्डारी र श्री पवनकुमार चाम्लिङले पनि विकासको क्रमलाई अघि बढाएका भएता पनि द्रुतगतिमा अघि बढिरहेको सिक्किम भने श्री पि.एस. गोले कै पालामा हो ।
मानिसका विशेष आधारभूत आवश्यकता भनेको नै नानामाना र छाना हो ।जनतालाई शिक्षा, स्वास्थ्यउपचार, रोजगारी सहज रुपमा दिलाइँ सिक्किमेली जनताले गुणस्तरीय जीवनयापन गरेको पाइन्छ । त्यहाँको प्रतिव्यक्ति आय १०,००० अमेरिकी डलर रहेको २०२५को तथ्यांकले देखाएको छ । यो भारत कै सबैभन्दा धेरै आय आर्जन गर्ने राज्यको रुपमा स्थापित भएको छ । कुशल नेतृत्व,स्पष्ट नीतिर दुरदर्शिताका कारण सानो भू–भाग र सीमित जनसंख्या हुँदाहुँदै पनिसिक्किमले उल्लेखनीय प्रगति गरेको सर्वविदित छ । यस सन्दर्भमा सिक्किमबाट नेपालले धेरै महत्वपूर्ण पाठ सिक्न सक्छ ।
९० प्रतिशत भन्दा माथि साक्षरताभएको राज्यमा जनतापनि सजग,सरल अनि जागरुक छन् । आफ्नोपनको भाव, मृदुभाषी र अतिथि सत्कारमा सदैव तत्पर रहने सिक्किमेली जनतालाई सुरक्षाको प्रत्याभूति दिने कामउनै युवा नेतापि.एस.गोलेले नै दिएका छन् ।
अन्तर्राष्ट्रिय जगतमा अर्गानिक स्टेट भनेर प्रख्यात सिक्किमले नेतृत्व तहबाट नै स्पष्ट नीति लिएर अघि बढेको छ ।यसले वातावरण संरक्षणसँगै कृषकको आयवृद्धि र अन्तर्राष्ट्रिय पहिचान दुवै दिलायो।
स्पष्ट नीति अन्तर्गत यातायातलाई जोडने –कनेक्टिभिटी, शिक्षा,स्वास्थ्य र रोजगार, सिक्किमको मुल आधार रहेको देखिन्छ । यो नीतिलाई कार्यान्वयन गर्नका लागि राजनीतिक स्थिरता र सिक्किमेली जनताको सुझबुझ पनि उत्तिकै महत्वपूर्ण रहेको छ । लामो समयसम्म एउटै नेतृत्व रहँदा, स्पष्ट विकास नीतिले निरन्तरता पाएको देखिन्छ । नीति परिवर्तनको अस्थिरता कम हुँदा दीर्घकालीन योजना सफलतापूर्वक कार्यान्वयन गर्न सकियो । स्पष्ट लक्ष्य, जवाफदेहिता र पारदर्शिताले जनविश्वास पनि बढाएको पाइन्छ ।
नेपालमा पनि उर्वर भूमि, प्रशस्त पानीका स्रोत र विश्वकै उच्च हिमालहरू छन्। तर यी स्रोतहरूको दीर्घकालीन योजना र प्रभावकारी व्यवस्थापनमा कमजोरी देखिनुका मुलकारण राजनीतिक अस्थिरता नै हो , नेतृत्व परिवर्तन भएसँगै नीतिपनि परिवर्तन हुने भएकाले योजनाहरुको सफल कार्यान्वयन हुन नसक्नु, कतिपय योजनाहरु अलपत्र पर्नु जस्ता प्रवृत्तिले प्रश्रय पाउँदै गएको देखिन्छ । यदि नेपालमा पनि स्थिर नेतृत्व आउन सक्यो भने, कृषि क्षेत्रमा अर्गानिक उत्पादनलाई प्रोत्साहनगर्ने, जलविद्युत् उत्पादनलाई तीव्र बनाउने र वातावरणमैत्री पर्यटनलाई व्यवस्थितगर्ने नीति अपनाएमा दिगो विकास सम्भव छ।हालसम्म सोह्रौँ आर्थिक योजनाको मुलनारा, समृद्ध नेपाल,सुखी नेपाली कागजी भाषामा मात्र सिमित रहेको छ,यसलाई कार्यान्वयन गर्न आवश्यक छ ।
नेपाल जस्तै सिक्किम पनि बहुसांस्कृतिक राज्य हो । त्यहाँका मुलवासी भोटे,लाप्चे र नेपालीलाई एक सुत्रमा बाँधेरआजको नेतृत्वले सिक्किम राज्यलाई हाँक्ने काम गरेका छन् ।

सानो भू–भागमा पनि उपलब्ध स्रोतको पहिचान गरी सही नेतृत्व, स्पष्ट नीति र राजनीतिक स्थिरता भएमा ठूलो उपलब्धि हासिलगर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण सिक्किमले दिएको छ । नेपाल स्रोत–साधनले धनी राष्ट्र हो, तर तिनको सदुपयोगका लागि दूरदर्शी, इमानदार र प्रतिबद्ध नेतृत्व आवश्यक छ। “सानो राज्य, ठूलो सोच”को उदाहरणबाट प्रेरणा लिएर नेपालले पनि दिगो विकास र समृद्धितर्फ अघि बढ्न सक्छ।आउँदै गरेको चुनावले जनताको पक्षमा सही न्यायदिन सक्छ र नेपालको समृद्धिमा थप उर्जा प्रदान गर्छ भन्ने जनविश्वास रहेको छ ।
यो लेख तयार पार्ने क्रममा आवश्यक जानकारी उपलब्ध गराइदिनु भएकोमा सिक्किम सरकार अन्तर्गत नीति आयोगका सदस्य डा. भरत वशिष्टलाई धन्यवाद ज्ञापन गर्दछु ।

तपाइँको प्रतिक्रिया ।