सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बुढानिलकण्ठको कर्मचारी आवस्यकता सम्बन्धि सुचना
कपन अनलाइन
काठमाडौं,माघ १७।
बुढानिलकण्ठ नगरपालिका अन्तरगत रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले एक सूचना जारी गरी मेडिकल अधिकृत/ जनस्वास्थ्य अधिकृत/ स्टाफ नर्स, हेल्थ असिस्टेन्ट सेवाका लागि करारमा कर्मचारी माग गरेको छ ।
सूचना अनुसार यस बुढानिलकण्ठ नगरपालिकाको कार्यालयमा सुचना प्रकासित गरेको मितिले १५ दिन भित्र रितपूर्वक दरखास्त दिनका लागि प्रकाशित गरिएको हो ।
आवेदनका साथमा व्यक्तिगत बिवरण ,नागरिकताको प्रतिलिपि,शैक्षिक योग्यताको प्रमाणपत्र र सम्वन्धित काउन्सिलमा दर्ता प्रमाणपत्रको प्रतिलिपिका साथ अनुभव सम्बन्धि प्रमाणपत्र प्रतिलिपि राखी दरखास्त दिन सकिने बताएको छ ।
दरखास्त फारम बुढानिलकण्ठ नगरपालिकाको वेव साइट www.Budhanilkanthamun.gov.np बाट डाउनलोड गर्न सकिने सुचनामा उल्लेख गरिएको छ ।
सो कार्यालयले मेडिकल अधिकृत ८ औ तह -२ जना ,जनस्वास्थ्य अधिकृत ७ औ तह -२ जना ,स्टाफ नर्स ५ औ तह १ जना र हेल्थ असिस्टेन्ट ५ औ तह १ जना का लागि बिज्ञापन गरेको छ।
आवेदन दिन चाहने १८ वर्ष पुरा गरेका र ४० वर्ष नकटेका इच्छुक व्यक्तिले रु ४०० तिरी नगरपालिकाको कार्यालय गोल्फुटार बाट फारम प्राप्त गर्न सक्नेछन ।
करार अवधि २०७५ असार मसान्त सम्म हुनेछ ।
केन्द्रले प्रकासित गरेको सुचना