ताप्के तात्दैन बिड तात्छ : सुर्य नारायण श्रेष्ठ

ताप्के तात्दैन बिड तात्छ : सुर्य नारायण श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २१ ।

कल्पना गरौं त रङ र फुलहरु बिनाको तिहार बत्तीको उज्यालो बिनाको तिहार कतिफिक्का छनि, कुनै संगितबिनाको नाचकति भद्दा र हस्यास्पद देखिन्छ । अनीआवाजबिना परिवर्तन, क्रान्ति सहादतबिना सम्भव छ र ?भदौ २३ यहि पुस्ताको आवाजथियो । युवाहरुले खोजेको परिवर्तनको बिगुलथियो त्यो आवाजले परिवर्तन खोजेको थियो । पात्रहरको परिवर्तन भन्दापनि प्रवित्रीको परिवर्तन खोजेको थियो ।
न त तयो भिडको माग सत्ता परिवर्तन थियो न संविधान न त व्यवस्था परिवर्तन गर्ने उद्देश्य नै थियो । केबल जायजप्रश्नगर्न गएकाथिएकिअवस्था परिवर्तन सत्ता र शक्तिमा रमाउनेहरु मात्र कसरी भयो हाम्रो कहिले हुने हो ।

भष्ट्रचारले थलिएको व्यवस्थापिकाको सुधारका निम्ति विशुद्ध प्रदर्शन थियो, बुलन्दआवाज र सचेत नागरिकहरुको एकताथियो । यो आन्दोलनको शक्तिप्रदर्शन पछि आ–आफ्नो रोटी सेक्न सबै हाबीभए कोही राजाफर्काउनतत्पर देखिए, कोहीआफै राजाबन्ने दाऊमाथिए । कोही संविधानपुन लेखनको माग राख्दै आफ्नो विचार लात्दै थिए । मानौ नेपालमा यस अघि संविधान नै थिएन, खालीकागजको घोडाले कामगर्ने भएहाम्रो देशमा पटक पटकथुप्रै पटक संविधान लेखिए तर जनतालाई न्यायदिन सक्ने व्यवस्थाबन्न सकेनन् । शहिदहरुको रगतथुप्रै बगे तर कानुनी राज्यकुनै पनि पुस्ताले देखेनन् ।
के हाम्रो अवस्था परिवर्तन नयाँ संविधानलेगारेन्टी गर्न सक्छ त ?यहाँ सबलाई बाँदर ढपाउने काम चाहियाछ, सबलाई जीमेवारी पन्छाउने दोषारोपण गर्ने काम चाहियाछ । आफुले गर्नुपर्ने कामभन्दाबिना परिश्रम कुरा मिलाएर कमिसनमै रमाउन चाहन्छ । अनिदुधउम्लेपछि तर मार्न पल्कीन्छ । यहीजमातले न दिगो सुविधा दिनसक्छ, नत यो कुनै समाधानको प्रवृति नै हो ।

जेनजीहरु बाट अब सुशासनको निम्ति के कस्ता व्यवहार अँगाल्नु पर्ने हो, कसरी भष्ट्रचार नियन्त्रण गर्नु पर्ने हो, त्यो हल, जुक्ति कुरीरहेकोछ जेनजी सरकार । कसरी आजको नयाँप्रविधिप्रयोग गरेर सेवासुविधादिने हो । असफल भै सकेका संस्थानहरुलाई चुस्तबनाउने हो । त्यो रचनात्मकता, जुक्तिचाहिएको होलानिआज । व्यक्ति परिवर्तन भएर व्यवस्था परिवर्तन हुदैन, व्यवस्था परिवर्तनले मात्रैले पनिअवस्था परिवर्तन हुदैन । यहाँ टाप्के तातिनु पर्ने बिड तातिराछ । ढोक्सा थापिन्छ, माछा पर्दैन ।
भदौ २३, २४ गते सिंहदरबार, न्यायलय, अख्तियार राज्यका सबै अङ्गहरु, संस्थान संयन्त्रहरु सबै जले, जनधनको ठूलो क्षतिभयो । के यो सम्पुर्ण सरकारी संयन्त्रको असफलताहोइन । के यसले सरकारी कर्मचारीहरुको कामकाजको धज्जीया उढईदिएन । यीनीहरुको निकम्बापनको उजागर गरदिएन । न कसैको जिम्मेदारी छ, न कसैको जवाफदेहिता छ । २३ गते सम्म त मोजमाभोज खाइरहेका थिए । जब सत्ताबदलियो रङ् बद्लीहाल्यो ।

यी नै असक्क्षम संस्थानहरुले परिवर्तन सम्भव छ । मुलुकलाई यै कर्मचारी तन्त्रको तजबीजले अग्रगामी छलाङ् मार्न सक्छ । के अब फेरी चुनाबको लागीचुनावमात्रै हो त ?प्रत्यक्षनिर्वाचितकार्यकारी अबको चुनाब बाट सम्भव छ त ? के ७५३ पालिकामाप्रत्यक्षकार्यकारी छैनन् त के स्वतन्त्र ढङ्गबाट विकास गर्न सकिरहेको छ त ? के त्यहाँसमस्यौ छैन, आखिरीमा समस्याको जड हाम्रो कर्ममा छ, पलायनमा छ र सक्षममानिसको नियुत्तिमा छ, नियुक्तिगर्ने प्रणालीमा र नियुक्तिगर्ने संस्थानहरुमा छ । के अब हुने चुनाव पैसाको चुनावनहोला, हिजो जस्तै पैसाको बलमाचुनावजित्नेहरुको हालीमुहालीहुदैन भनेर यो सरकारले गारेन्टी गर्न सक्छ ।

स्वच्छ, निष्पक्षनिवार्चन कसरी प्रत्याभूतगर्न सकिन्छ । पैसाको लेनदेन कमगर्न सबै सरकारी संरचनाहरु पूर्णरुपमा डिजिटलाइजेसन गर्नुपर्ने हुन्छ । सरकारी लेनदेन कारोबार डिजिटल गर्नपर्ने हुन्छ । चाहे त्यो स्कूलकलेजको फिस होस् वा वडा कार्यलयमातिर्नुपर्ने राजस्व नै किननहोस् । ५लाख देखिको चेक सबै एकाउन्टपेयीअनिवार्य गरौं यसले केहीहद सम्मनगदप्रवाहलाई नियाल्न, ट्राक गर्न सकिन्छ । यस्तै व्यवहारीक कुराहरुबाट नियन्त्रण गर्न सकिन्छ भन्ने धारणा छ नभएउही टाप्के तातिनु पर्ने बिड तातिरहेछ यँहा ।

तपाइँको प्रतिक्रिया ।