श्री कालिदेवी माध्यमिक विद्यालय तारकेश्वरमा विज्ञान शिक्षक आवस्यकता !

श्री कालिदेवी माध्यमिक विद्यालय तारकेश्वरमा विज्ञान शिक्षक आवस्यकता !

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २१ ।

श्री कालिदेवी माध्यमिक विद्यालय, तारकेश्वर नगरपालिका–९, छोभरखर्क, काठमाडौंले विज्ञान विषयका लागि शिक्षक दरखास्त आह्वान गरेको छ। विद्यालयले माध्यमिक तह (कक्षा ९–१२) का लागि प्राविधिक तथा व्यावसायिक शिक्षा संचालन अनुमति प्राप्त अन्तर्गत विज्ञान विषयमा पढाउन इच्छुक योग्य उम्मेदवारहरूबाट दरखास्त माग गरेको हो।

विद्यालयका अनुसार दरखास्त मिति २०८२ मंसिर २ गतेदेखि २०८२ मंसिर १५ गतेसम्म दिइ सकिनेछ। उम्मेदवारले कम्तीमा पनि स्नातक तह (B.Sc. Ag वा सो सरह) उत्तीर्ण गरेका हुनुपर्नेछ।

मुख्य विवरणहरू यस प्रकार छन्:

  • विज्ञापन नम्बर: ०१/०८२/०८३

  • पद: विज्ञान शिक्षक

  • तह: माध्यमिक (कक्षा ९–१२)

  • शैक्षिक योग्यता: विज्ञान संकायमा स्नातक उत्तीर्ण (B.Sc./B.Sc.Ag.)

  • दरखास्त शुल्क: रु. १०००

  • दरखास्त दिने अन्तिम मिति: २०८२/०८/१५

  • उमेर हद: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

  • परीक्षा प्रकार: लिखित, अन्तरवार्ता तथा माइक्रोटिचिङ

इच्छुक नेपाली नागरिकहरूले विद्यालयको कार्यालयमा सम्पर्क गरी आवश्यक प्रमाणपत्रका साथ आवेदन दिन सक्नेछन्। विस्तृत विवरण विद्यालयको इमेल kalidevischoolsecondaryschool2045@gmail.com बाट पनि प्राप्त गर्न सकिने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद तिमिल्सिनाले जनाएका छन्।

तपाइँको प्रतिक्रिया ।