“गुमेको मेरो निर्वाचन क्षेत्र”
कपन अनलाइन
काठमाडौं भाद्र ३ / अमर प्रकाश तिवारी
रस्सा कस्सीको माझ बाट काठमाडौँ क्षेत्र नै छोड्नु पर्ने निर्णयले त्यो क्षेत्रमा अर्कै उत्साह देखिन्थ्यो । फरक फरक क्षेत्रबाट धेरै नेताहरु एउटा विशेष पदका लागि दौडमा लाइन लागेका थिए । मेरो पनि उमेद्वारी दाबि गर्दै आफ्नै एजेन्डा तयार गर्दै थिए, म पनि संगै तिनीहरुकै बीचबाट दौडमा भाग लिदै थिए । राजनीतिमा मेरो बलियो पहुच छ, संगठनमा मथिल्लो दर्जा छ र म निर्णय गर्न सक्ने स्थानमा छु भन्ने कुरो मैले बुझाइरहनु पर्दैन । मैले धेरैलाई आश्वाशन दिएको छु र बिशेस त्यस छेत्रका जनतालाई हदै सम्म विश्वास लिएको छु । जनतको सहयोगमा म त्यहाँ को दौडमा जित्ने सुनिस्चित नै थियो । हुन त मेरो राजनीतिक त्याग र सामाजिक पहिचान पनि बलियो नै थियो तसर्थ संगठनले न्योचित मुल्यांकन गर्ने छ भन्ने विश्वास पनि थियो । समग्र जता फर्के पनि आफ्नै देखिने भएर पनि अब झन् निश्चित नै छु, मै हुन्छु भन्ने लागेको थियो ।
फेरी त्यति मात्र नभएर, जता हेर्छु मेरै लबी देक्छु, जो भेट्छु आफ्नै लाग्छ, जसको कुरो सुन्छु सहज छ भन्ने बुज्छु, जसलाई देख्छु उ आफ्नै पक्षको रहेको महसुस गर्छु । र मैले जितेको अनुभुती पनि हुन् थालेको थियो, म त त्यही क्षेत्र नेतृत्व गर्न सक्षम छु । अघिपछि जे भए पनि यसपाली त्यहा विकास गर्छु भन्ने विश्वास त्यहाको जनतालाई दिलाइसकेको थिए । एउटा सानो भेलामा मलाई प्रमुख अथिति बनाइएको थियो । मेरो उपस्थिति हुने कुरोको हल्लाले ठुलै जमघट भएको रहेछ । बोल्ने क्रम सुरु भएको थियो र सबैले बोलेपछि मेरो पालो आएको थियो । जम्मा भएका ती भीड, सबै म प्रति केन्द्रित थियो ।
मेरो आवाज र मेरो दृष्टिकोण सुन्न र बुझ्न त्यो भीडमा सन्नाटा छाएको थियो । म प्रमुख अथितिको आसन बाट उठ्दै गर्दा त्यो भीडले सलामी ठोकेको जस्तै गरि तालि पिटेका थिए । मेरो त्याग र मेरो नेतृत्व रहदाको कार्यकुशलताले म प्रति ती जनताको ठुलो विश्वास थियो । म आसन बाट उठेर माइक समातेर सम्बोधन नगरुन्जेल सम्म त्यो भीडले लगातार तालि बजाएको थियो । जब मैले नमस्कारको सम्बोधन गरे फेरी मेरै कुरो सुन्न सन्नाटा छायो । निरन्तर आजिबन समाज सेवा गर्दै गर्दा र आफुले कमाएको त्यो सम्मान एक गर्ब गर्न लाएको थियो ।
साधारण कार्यकर्ता सबैले मलाई र मेरो नेतृत्व क्षमतालाई नजिक बाट महसुस गेरको हुनाले नै यसपाली विशेष नेतृत्व गर्ने जमर्को गरेको थिए । बिद्यार्थी जीबन देखी युवा संगठन हुदै विशेष नेतृत्व सम्म आइपुग्दा आफु संग भएका सम्पूर्ण उर्जा शक्ति सामाजिक छेत्रमा खर्च भएछ, म खाली भएछु तर त्यत्रो ठुलो भीड चाहि कमाए छु । राम्रै गरेछु, गर्ब गर्न लाएकको काम गरेछु । माईकबाट बोल्दा नै एक तरंगित आवाजको प्रबाह आफैलाई गज्जब लागेको थियो । सन्नाटामा बग्दै गरेको मेरो आवाज प्रतिध्वनी भएर ठोक्किएर मैले समातेको माइक बाट नै पुनः तरंगित हुदै थियो । ताली झनै बढ्दै गयो । म विशेष नेतृत्वमा आउछु मलाई तपाइको सहयोग चाहिन्छ, भन्दै गर्दा त्यो भीडबाट सहानुभूति सहितको हर्षोल्लासका साथ पुनः जोडदार तालि बजेको थियो । युवाहरुले बीच बाट जय जय कार गर्दै थिए भने बुढापाकाहरु सहानुभूति सहित हात हलाउदै थिए ।
महिलाहरुमा छुटै उर्जा थपिएको थियो भने मञ्चमा आसिन सहकर्मीहरुमा बिजयी को मुस्कान थियो । म सीधा विशेष नेतृत्वमा आउन कतै बाधा अड्चन नभएको प्रष्ट थियो । भोलिको दिन नामावली निकाल्ने र त्यसमा मेरो नाम पर्ने पक्का थियो । म ढुक्क थिए । हर्षोल्लासका साथ कार्यकर्तामाझ राति अबेर सम्म समसामाहिक बिषयमा घनिभूत छलफल हुदै थियो । छटपटाहट निरन्तर बढ्दै थियो, घुसपैट चल्दै छ भन्ने कुरो बाहिर सम्म आयो । मेरो बिरुद्ध षडयन्त्र रचिदै छ भन्ने कुरो आयो । जनताले मलाई विश्वास गर्दैन भन्ने हल्ला मचाए छन । मेरो हरेक कमजोरीमा प्रहार हुन् थालेछ । जनता बीच मेरो राम्रो सम्बन्द नरहेको प्रमाण खोजिदै रहेको र व्यक्तिगत आरोप लगाउन थालिएको रहेछ ।
मलाई त्यो दौड बाट पछाडी पार्ने षडयन्त्र तुलनात्मक रूपमा बलियो भेएको रहेछ । मोबाइलको घन्टी संगै म तर्सिए । हेलो भन्दै म फोन तर्फ केन्द्रित भए, उताबाट मनिलो र मिठो आवाजमा मलाई सम्झाउने कुरो हुदै रहेछ । त्यहाबाट आएका सम्बदले परिस्थिति मेरो पक्षमा नरहेको आभास दियो । नेतृत्व भन्दा बाहेकको कुरोमा हदै सम्म लचकता अपनाउने प्रस्ताबनाले मलाई लगभग अब त्यहा कुनै स्थान नरहने पक्का गर्दै थियो । आक्रोसित म, ठुलो गर्जन सहित तर्साए, मैले बुझाए, मैले मेरो सम्पूर्ण सक्ति प्रयोग गरे तर त्यहा मेरो विरुद्ध बलियो अश्र अगाडि नै तयार गरिएको रहेछ । म पछि हट्नुको विकल्प रहेन । अन्त्यमा मैले काठमाडौँ निर्वाचन क्षेत्र त्याग्नु पर्ने भयो, मैले मेरो गृह जिल्ला जानु पर्ने भयो ।
( लेखक कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ निवासी हुन। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन भने उनि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुन। )