केब्स कलेज बौद्ध टुसालले कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत एबम अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्यो

केब्स कलेज बौद्ध टुसालले कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत एबम अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्यो

कपन अनलाइन

काठमाडौं, भाद्र ३ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टुसालमा संचालित कुमारी इंगलिस बोर्डिंग स्कुल (केब्स) प्लस टु कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत  तथा  अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको केब्स प्लस टु कलेजको  कक्षा ११मा  विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषयमा भर्ना भएका करिब ४सय जना  बिद्यार्थीहरुलाई स्वागत  तथा  अभिमुखीकरण गरिएको हो  ।

कलेजका प्रिन्सिपल सुरेश भट्टराईको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा कुमारी एकेडेमीका संस्थापक अध्यक्ष रत्न बज्र लामारहेका थिए भने  बिशेष अतिथिको रुपमा चर्चित पत्रकार ऋषि धमला, व्यवस्थापन विशेषज्ञ डा. सुरेश वाग्ले, अर्थोपेडिक अस्पतालका  निर्देशक डा. युवराज खरेल, कान्छा र्यापर निमा लामा , फ्याकल्टी हेडहरु,शिक्षक र बिद्यार्थीहरुको  उपस्थिति रहेको कार्यक्रममा कलेजका निलकण्ठ ढुंगानाले स्वागत मन्तब्य राखेका थिए ।

पानसमा दिप प्रज्वलन सहित सुरु भएको कार्यक्रममा  केब्स कलेजको कक्षा  ११मा नया भर्ना भएका बिद्यार्थीहरुलाई खादा लगाएर कलेजमा स्वागत गरिएको थियो एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श प्रदान गर्दै आएको केब्स कलेजले कलेजमा भर्ना भएका बिद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर उत्कृष्ट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा समेत जानकारी गराइएको थियो ।

भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको  केब्स कलेजले  गुणस्तरीय शिक्षासँगै संस्कार सहितको सीपमूलक शिक्षालाइ प्राथमिकतामा राखेको  कलेजको प्रिन्सिपल सुरेश भट्टराईले बताएका थिए । कक्षा ११ मा भर्ना भइरहँदा हरेक विद्यार्थीले गगनचुम्बि लक्ष्य लिइरहेको हुने भन्दै त्यस लक्ष्यलाई सार्थक बनाउन अबको दुई वर्ष आधारशिला हुने बताउदै  उनले भने ,‘तपाईहरुले अबको दुई वर्ष हरेक दिन अनुशासित भई सकारात्मक सोचका साथ मेहनत गर्नुहोस, लक्ष्य तपाईहरु नजिक आईपुग्छ ।’केब्स  कलेजले विद्यार्थीलाई कक्षाकोठा भित्रको अध्ययनमा मात्रै सिमित नराखि संसारसँग परिचित हुने वातावरण तयार पार्ने बताए । मानिससँग आफुभित्र अथाह क्षमता हुँदा पनि आत्मविश्वासको कमिले उ असफल भइरहेको हुने चर्चा गर्दै केब्स कलेजले आत्मविश्वास बढाउन सहयोग गर्ने बताएका थिए ।अभिमुखिकरण कार्यक्रममा संकायका प्रमुखहरुले विषयको जानकारी, भविष्यका सम्भावना र शैक्षिक गन्तव्यका विषयमा प्रस्तुतीकरण गरेका थिए  ।

कार्यक्रममा चर्चित पत्रकार ऋषि धमला, व्यवस्थापन विशेषज्ञ डा. सुरेश वाग्ले, अर्थोपेडिक अस्पतालका  निर्देशक डा. युवराज खरेल लगायतले विद्यार्थीलाई अनुशासित भई मिहिनेत गरेर अध्ययन गर्न सुझाव दिएका थिए  । कलेजले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार गरिदिने भन्दै सफलताका लागि विद्यार्थीको आफ्नो मेहनत महत्वपूर्ण हुने बताउदै मिहिनेत गरेर अध्ययन गर्न सुझाव दिएका थिए    ।

कार्यक्रममा कान्छा र्यापर निमा लामा लगायतले र्याप गीत मार्फत मनोरंजन प्रदान गरेको कार्यक्रमका प्रमुख अतिथि कुमारी एकेडेमीका संस्थापक अध्यक्ष रत्न बज्र लामाले कुमारी एकेडेमीको इतिहास को बारेमा चर्चा गर्दै विद्यार्थीले शैक्षिक ज्ञान लिएर मात्र नहुने भन्दै उनले प्रविधिको उच्चतम उपयोग, सीप र संस्कारलाई पनि सँगै लैजान आवश्यक रहेको बताएका थिए । विद्यार्थीलाई अनुशासित भई मिहिनेत गरेर अध्ययन गर्न सुझाव दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।