आज गोकर्णेश्वरका ९ वटै वडामा नेपाली कांग्रेसको अधिवेसन,क्षेत्रीय प्रतिनिधिमा तीव्र प्रतिस्पर्धा

कपन अनलाइन

काठमाडौँ,असोज ५  ।सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन आज बाट शुरु हुने भएको छ ।सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै  आज बाट वडा अधिबेसन शुरु हुन लागेको हो ।गोकर्णेश्वर नगरपालिकाका ९  वटै वडामा अहिले केहि बेरमा वडा अधिवेसन शुरु हुदैछ । आज हुने अधिवेसनको परिणामले हिजो राति अवर सम्म भएका चलखेल र जोडघटाउको परिणाम देखिदैछ ।

नगरपालिकाका ९ वडाको नेतृत्व र त्यहा बाट माथिल्लो कमिटीमा जाने नेताहरुको राजनीतिक भविष्य अव क्रियाशिल सदस्यहरुको मतमा पुगेको समयमा असोज ५ गतेको चिसो बिहानको राजनीतिक माहोल भने निकै तातेको छ।यसै क्रममा नेपाली कांग्रेस काठमाण्डौ -३ मा क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यम बाट भटाभट दावी प्रस्तुत गरिरहेका छन।वडा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ३ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त देखिएका छन्।

तपाइँको प्रतिक्रिया ।