नेपाली कांग्रेस गोकर्णेश्वर ८ को इकाई सभापतिमा ४ जना आकांक्षी

नेपाली कांग्रेस गोकर्णेश्वर ८ को इकाई सभापतिमा ४ जना आकांक्षी

कपन अनलाइन

काठमाडौँ,असोज ५ । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन आज बाट शुरु हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै  आज बाट वडा अधिबेसन शुरु हुन लागेको हो ।नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ८  इकाईको वडा अधिबेसन आज बिहान ९ बजे बाट ओसिस क्याफेमा हुने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ८  को इकाई सभापतिमा ४ जना  आकांक्षी देखिएका छन।

आज हुने अधिवेसनलाइ सर्वसम्मत बनाउन गरिएको प्रयास सफल नभए संगै ४ जनाले इकाई सभापतिको लागि प्रतिस्पर्धा गर्ने भएका छन ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८  को इकाई सभापतिमा नन्दलाल श्रेष्ठ , राजेश दाहाल, ,   कृष्ण प्रसाद नेपाल र लक्ष्मण चौलागाईले  प्रतिस्पर्धा गर्ने भएका  हुन।   १८०जना  क्रियाशील सदस्यहरु रहेको  वडा नं ८ मा यी  ४ जना प्रतिस्पर्धी बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ  ।

तपाइँको प्रतिक्रिया ।