नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले गोकर्णेश्वर ८मा घरदैलो स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने
कपन अनलाइन
काठमाडौँ, असार २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र ले कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर कार्यक्रम संचालन गर्ने भएको छ ।
आत्मा साक्षी राखी मन, बचन र कर्मले वृद्द,अपाङ्ग असाहयको सेवा। शान्ति ,स्थायित्व र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ संगको सहकार्यमा आज असार २९ गते बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म महांकाल भैरब सामुदायिक भवन गोकर्णेश्वर८ मा हुने उक्त कार्यक्रममा सहभागी हुनको लागि कार्यक्रम संयोजक देविका राजोपाध्यायले अनुरोध गरेकी छिन । मानिस भौतिक रुपमा मात्र होइन मानसिक रुपमा पनि खुशी र स्वस्थ भए मात्र समाज स्वस्थ हुने बताउदै स्वस्थ समाज निर्माणको लागि नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले बिभिन्न स्थानमा नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर लगायतको कार्य गर्दै आएको छ ।