भूकम्पपीडित कलाकारको सहयोगार्थ मूर्तिकला प्रदर्शनी सुरु

भूकम्पपीडित कलाकारको सहयोगार्थ मूर्तिकला प्रदर्शनी सुरु

काठमाडौँ, १४ असार । भूकम्पपीडित कलाकारको सहयोगार्थ नेपाल कला परिषद्कमा मूर्तिकला प्रदर्शनी सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) अन्तर्गतको मूर्तिकला विभाग तथा सुमेरु कलाग्रामद्वारा संयुक्तरूपमा प्रदर्शनीको आयोजना गरिएको हो ।
यही असार २१ गतेसम्म चल्ने ‘पुनःनिर्माणका लागि ललितकला’ नाम दिइएको उक्त प्रदर्शनीकोे सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आज उद्घाटन गर्नुभयो ।

1435580670348_RS-KTM-Murtikala
प्रदर्शनीमा राखिएका मूर्तिको बिक्रीको आधा रकम कलाकार राहत कोषमा जम्मा गरिने तथा आधा पीडित कलाकारको सहयोगका लागि खर्च गरिनेछ ।

विभिन्न देवी–देवता तथा पौराणिक र ऐतिहासिक धरोहरलाई समेटेर करिव ९० कलाकारले बनाएका सर्वोत्कृष्ट एक÷एक मूर्ति बिक्री तथा प्रदर्शनीमा राखिएका छन्, जसमा काष्ठकला, धातु मूर्तिकला, धातु पत्रकला, प्रस्तर कला तथा फिलिग्री कलाका मूर्तिहरू समावेश छन् ।

सो अवसरमा सूचना तथन सञ्चारमन्त्री डा रिजालले भूकम्पपछि कलाकारको जीवन सामान्य बनाउन यस्ता प्रदर्शनीबाट प्रेरणा दिने बताउनुभयो ।

अभिरुचिपूर्वक कलाको नजर ः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग र सुमेरु कला ग्रामको संयुक्त आयोजनामा भएको ‘हाम्रो सम्पदा ः हाम्रो परम्परागत मूर्तिकला प्रदर्शनी–२०७२’को उद्घाटनपछि अभिरुचिपूर्वक धातुकलाको अवलोकन गर्नुहुँदै सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाल । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
अभिरुचिपूर्वक कलाको नजर ः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग र सुमेरु कला ग्रामको संयुक्त आयोजनामा भएको ‘हाम्रो सम्पदा ः हाम्रो परम्परागत मूर्तिकला प्रदर्शनी–२०७२’को उद्घाटनपछि अभिरुचिपूर्वक धातुकलाको अवलोकन गर्नुहुँदै सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाल । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।

अब विपत्तिलाई विर्सिएर सबै पुनःनिर्माणमा जुट्नुपर्ने औँल्याउँदै उहाँले भन्नुभयो, “अहिलेको विपत्तिलाई ललितकलाको माध्यमले बिम्बको रूपमा प्रयोग गरेर भविश्यका लागि पाठ सिक्ने कला सृजना गर्नुपर्छ, जसलेगर्दा आगामी दिनमा विपत्तिसँग जुध्नसक्ने क्षमता थप विकास होस् ।”

नाफाकी कुलपति रागिनी उपाध्यायले नेपाली कलालाई संसारभर फैलाएका मूर्तिकारहरूलाई विपत्तिका बेला सहयोग गर्न पाउँदा गर्वको महसुस भएको छ भन्नुभयो ।

सुमेरु कलाग्रामका अध्यक्ष राजकुमार शाक्यले नेपाली कला संस्कृतिको उत्थानका लागि आगामी दिनमा परम्परागत कलाकार (मूर्तिकार)हरूको अझ ठूलो दायित्व हुने भएकाले राज्यस्तरबाटै उनीहरूतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख धनबहादुर याखाले आफूहरू कलाकारको सहयोगमा जुटिरहेको बताउँदै कला सृजना हुने वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो ।

तपाइँको प्रतिक्रिया ।