बुढानिलकण्ठ-१३ का महिलाहरुलाई स्वरोजगार बनाउने प्रयास,सात दिने नेवारी खाजा बनाउने तालिम सम्पन्न

बुढानिलकण्ठ-१३ का महिलाहरुलाई स्वरोजगार बनाउने प्रयास,सात दिने नेवारी खाजा बनाउने तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,बैशाख १२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा सात दिने नेवारी खाजा बनाउने तालिम सम्पन्न भएको छ। वडा नं १३ का महिलाहरुलाई स्वरोजगार बनाउने वडा कार्यालयको योजना अनुसार उक्त सातदिने तालिम आयोजना गरिएको हो।

वडा नं १३ का विभिन्न महिला समुहहरुका ६० जना भन्दा बढी  प्रतिनिधिहरुको सहभागितामा भएको सो तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उनीहरुले प्राप्त गरेको शिपको प्रदर्शन समेत गरिएको थियो।

वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ ( टिकेश ) ,नगर कार्यपालिका सदस्य रिना श्रेष्ठ  सहित विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा भएको सो सात दिने तालिम समापनको अवसरमा सहभागीहरुले आफ्नो अनुभव आदानप्रदान गर्दै वडालाई धन्यवाद दिएका थिए।

वडा नं १३ ले भौतिक पूर्वाधार निर्माणका साथै विभिन्न रचनात्मक र संस्कृति संरक्षणका गतिविधिहरुलाई निरन्तर रुपमा अगाडी बढाउदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।