विद्यालयहरु संगको छलफल पछि नै अनुगमन गरेको हो ,रोकिदैन : ललित विक्रम सिंह

विद्यालयहरु संगको छलफल पछि नै अनुगमन गरेको हो ,रोकिदैन : ललित विक्रम सिंह

कपन अनलाइन

काठमाण्डौ,बैशाख १२।

बुढानिलकण्ठ नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंहले हाल भैरहेको विद्यालयहरुको अनुगमन नरोकिने बताएका छन।

कपन अनलाइन संग कुराकानी गर्दै सिंहले यस विषयमा विद्यालयका प्रतिनिधि संघ संगठन संग पटक पटक छलफल र परामर्श गरेर नै अनुगमन अगाडी बढाएको बताएका छन।

शैक्षिक शत्र सुरु हुनु अगावै भएको छलफल र समझदारीलाई बेवास्ता गर्दै विद्यालयहरुले विभिन्न सामाग्रीहरु बेच्ने गरेको अभिभावकबाट गुनासो आएकोले अनुगमन गरेको बताउदै उनले सो क्रममा विद्यालयहरुले प्रचलित नियम र कानुन विपरित खुलेआम सामाग्री बेचेको पाइएकोले जफत  तालाबन्दी गर्नुपरेको बताएका छन।

विद्यालयहरुले विभिन्न सामाग्री बेचेको भन्दै नगर प्रमुख मिठाराम अधिकारी संग अभिभावकहरुको गुनासो लिएर नगरपालिका कार्यालयमा पुगेपछि तत्काल अनुगमन र कारवाहीको निर्देशन दिइएको थियो।

नगर प्रमुखको निर्देशन संगै अनुगमनमा सक्रिय बनेको शिक्षा शाखाको टोलीले विभिन्न विद्यालयहरुको अनुगमन गरेर शैक्षिक तथा अन्य सामाग्री जफत र शिल समेत गरेको थियो।

 

तपाइँको प्रतिक्रिया ।