हार्दिक श्रद्धाञ्जली–चराविज्ञ हेम पौडेल : दुर्गा अधिकारी ‘भमरकोटे’ (कविता )

हार्दिक श्रद्धाञ्जली–चराविज्ञ हेम पौडेल : दुर्गा अधिकारी ‘भमरकोटे’ (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख ८।

बाँधी अञ्जली
दाजु हेम पौडेल
छ श्रद्धाञ्जली ।

उच्च सम्मान
कलाकार कविमा
श्रद्धासुमन ।

थियौ हर्षमा
तिमी हामी भेटेको
शंख पार्कमा ।

मान्छे अजीब
तिम्रो कलाकारिता
लाग्ने सजीव ।

साहित्यकार
चित्रकार वरिष्ठ
हेम पौडेल ।

धेरै ठाउँमा
प्रदर्शन कलाको
गाउँ गाउँमा ।

चराविज्ञ हौ
कुनाकाप्चा नेपाल
धेरै डुले छौ ।

कृति लेखेको
नेपालका चराको
परिचय भो ।

कर्म गरेर
पायौ धेरै सम्मान
रंग भरेर ।

तिम्रै कारण
कपन बानेश्वर
भो संरक्षण ।

कस्तो विधान
माघ सत्र साँझमा
भयो निधन ।

गर्यौ  नि दान
आफ्नो पूरै शरीर
कर्म महान ।

सुन खबर
कृति छोड्ने मानिस
हुन्छन् अमर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।