असी सम्झनामा: त्रिलोचन आचार्य (कविता )

असी सम्झनामा: त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख १।

१. गयो चैत यो वर्ष अर्को निलेर

रमाऊ भन्यो फूल नौला दिएर
हटाएछ मैलो खुले टाकुरा यी
भए बढ्न सक्ने नयाँ आँकुरा यी ।
२. उठी यो असी माग्न खोज्यो विदाई
भन्यो बिर्सनू जे परे दुख्ख भाइ
म सोध्दै थिएँ के गरिस् एक वर्ष ?
भन्यो यी फिटेँ बाह्र पत्ती छ हर्ष ।
३. लगाऊ भनेँ अन्न वैशाख मास
धरामा दिएँ जेठमा ताप खास
दिएँ हौसला धान रोप्नै असार
गरेँ साउनैमा दिव्य वर्षा अपार ।
४. भदौमा भरेँ भेल सारा नदीमा
हटाई हिलो चम्किएँ आश्विनैमा
मनाऊँ भनेँ कार्तिके पर्व फेरि
भनेँ मार्गमा धान भित्र्याउने नि ।
५. भयो पौषमा कष्ट जाडो बढेर
खुसी होस् भनेँ माघमा घाम हेर
बसेँ फाल्गुनी टाकुरामा रमाई
गयो चैत हावाहुरीमा कमाई ।
६. कुदेँ भै यहाँ चक्रको एक पुर्जा
सकेको बढेको थपेकोछु उर्जा
हजारौँ यहीँ जन्मिएका मरेका
चिनो क्यै लगाऊन् नयाँ यैँ परेका ।
७. भयो बाबु त्यो सोह्रको हेर लक्का
विसैमा पुगिन् हेर छोरी नि पक्का
व्यवस्था मिलाई दिएँ हेर तिम्रो
स्वयं देख्न पायौ धरा धाम राम्रो ।
८. दियो क्या मीठो यो मलाई जवाफ
थियो शान्त औ सौम्य छैनन् रवाफ
ग¥यौँ खेल नाना पसी तिर्सनामा
पुगी हाल्छ प्यारो असी सम्झनामा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।