बुढानीलकण्ठ नगरपालिकामा प्रथम एस.इ.इ 3×3 बास्केटबल प्रतियोगिता हुने

बुढानीलकण्ठ नगरपालिकामा प्रथम एस.इ.इ 3×3 बास्केटबल प्रतियोगिता हुने

कपन अनलाइन
काठमाडौँ , जेठ १३।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल कम्युनिस्ट पार्टी नगर कमिटीमा बास्केटबल प्रतियोगिता कार्यक्रम तथा पत्रकार सम्मेलन सम्पन्न भएको ।

‘नेपाल  खेलकुद महासङ्घ कमिटी’ का स्थायी कमिटी सदस्य दीपक तामाङको प्रमुख अतिथ्यता रहेको यस उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा ‘बुढानीलकण्ठ एमाले नगर कमिटी’ अध्यक्ष प्रदीप डंगोल रहेका थिए ।

यस कार्यक्रमद्वारा मिति २०८१ वैशाख १२ गते नेपाल  खेलकुद महासङ्घ बुढानीलकण्ठ नगर कमिटीको आयोजनामा प्रथम ‘एस.इ.इ’ तहको बास्केटबल प्रतियोगिता आयोजना हुन गइरहेको छ ।

नेपालभरि ‘एस.इ.इ’ तह उत्तीर्ण विद्यार्थीहरूलाई बास्केटबल खेलमा सहभागी गराई खेल प्रतिको ऊर्जालाई प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जसको जानकारी ‘बुढानीलकण्ठ एमाले नगर कमिटी’ अध्यक्ष प्रदीप डंगोल ले दिएका छन् ।

प्रथम पुरुषतर्फ ४४ वटा समूह र महिलातर्फ ६ वटा समूह प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।

२०८१ वैशाख १४ गतेका दिन गोल्फुटार बास्केटबल मैदानमा उक्त खेल खेलाइने छ जसमा २०० जना युवकहरूको सहभागिता रहनेछ जसको जानकारी बुढानीलकण्ठ एमाले नगर कमिटी’ अध्यक्ष प्रदीप डंगोलले दिएका छन्।

तपाइँको प्रतिक्रिया ।