शनिवार साहित्य(कविता)- धृतराष्ट्र र धृतराष्ट्रहरू !

शनिवार साहित्य(कविता)-  धृतराष्ट्र र धृतराष्ट्रहरू !

कपन अनलाइन, १५ असोज, २०७३/शनिवार साहित्य

धृतराष्ट्र र धृतराष्ट्रहरू !

11692691_1086534634708140_3592908142358157648_n

-मदन चौहान

मैले महाभारत देखेँ
उद्धत दृष्टि भएर सृष्टि भुल्ने   धृतराष्ट्र देखेँ !
विद्वान विदुरको फगत इतिहास कोर्दैछन् !
पिण्ड खाने पितामह भिष्म
सत्यताको शिक्षा छर्ने ज्ञानी द्रोण
कूलको अवनती, कर्तव्यको लिलामी ।

कृपाचार्य खोक्रो कृपाको बोसो थप्दैछन् पेटमा,
कयौँ वीर विरङ्गनाको अजय र अभेदय बिहानी

एउटा धृतराष्ट्र र दुर्याेधनको दासत्वमा लिप्त छ ।
म देख्छु फेरी कालो इतिहास गल्ली गल्लीमा दोहारिदैछ
चोक चोकमा दुर्योधनकै मनोमानी छ !!
एउटा मोहले अन्धो भएको धृतराष्ट्र
अर्को सत्ताले मातिएर अन्धो भएको धृतराष्ट्र
बाँकी दासत्वले दबिएका धृतराष्ट्रहरु
धिक्कार छ विदुर तिम्रो ज्ञानलाई
तिम्रो ज्ञानको आलेख बच्चाको डाइपर जस्तो !
भिष्म ज्ञानी, द्रोण गुरु, कृपाचार्य
के तिमी सब आधुनिक ढोङ मञ्चमा
मुकदर्शक बन्न मात्र जन्मेका हौँ ?

हे ! धृतराष्ट नभूल महाभारतलाई
एउटा कृष्ण बस्
एउटा कृष्ण काफी छ ।
तिम्रो पतनको गाथा कोर्न ।
हे ! भिष्म तिम्रो पतनलाई एउटा
सिखँडी काफी छ ।
हे ! दुर्योधन तिम्रो उदण्डताको
हर हिसाब इतिहासले लिनेछ
म बार्बरी विवश छु ।

हरेक घरमा धृतराष्ट्र नै राजा छ
यहाँ धुर्योधनकै राज छ
लाखौँँ धृतराष्ट्र उदाएको रातमा
एउटा कृष्ण उदाउने आश छ ।
अनि हेर तिम्रो पतन
फेरी नयाँ युगको थालनी हुनेछ ।

मलाई थुक्न मन लाग्छ
भिष्म, द्रोण, कृपाचार्य र विदुरलाई
सब मानौँ सानका नपुसंक हुन्
बिद्रोह र साहस बिनाका मुर्दा हुन् ।
नुनको दासत्वका दासहरु हुन् ।
धृतराष्ट्रका कुकृत्यका
मुकदर्शक हुन् ।
द्रोपदीको चिर हरणका मतियारहरु हुन् ।
एकदिन त्यो बिहानी झुल्कन्छ
कृष्णको उदय अवश्य हुन्छ
हे ! धृतराष्ट्रहरुका झुण्डहरु,
तिम्रा हरेक दृष्टिविहिनताको हिसाब गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।