महान फुटबलर डिएगो म्याराडोनाको श्रद्धाञ्जलीमा मेलम्चीमा दिप प्रज्वलन

कपन अनलाइन

काठमाडौं ,मंसिर १२।

महान फुटबलर डिएगो म्याराडोनाको श्रद्धाञ्जलीमा मेलम्चीमा दिप प्रज्वलन गरिएको छ। ६० बर्षको उमेरमा हिर्दयघात बाट हिजो निधन भएका उनको सम्झनामा हाम्रो टिम मेलम्चीले आफ्नो खेल मैदानमा दिप प्रज्वलन गरेको हो।

हाम्रो टिम मेलम्चीका खेलाडीहरुले म्याराडोनाको सम्मानमा नारा लेखेर दिप प्रज्वलन गर्दै उनले विश्व फुटबल इतिहासमा गरेको योगदानको सम्मान गरेका छन।

फुटवलका जादुगर म्याराडोनालाई फिफाले शताव्दी कै महान फुटबललरका रुपमा घोषणा गतेको थियो भने उनले इंग्ल्यान्ड विरुद्ध हातले गरेको गोल अहिले पनि उत्कृस्ट गोलमा गनिन्छ।अर्जेन्टिनाले १९८२ र १९८६ को विश्व कप जित्दा त्यसको नायक रहेका  म्याराडोनाका करोडौ समर्थक विश्वभर रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।