गोकर्णेश्वर नगरपालिकामा कार्तिक २५ गते सम्मको कोरोना बिवरण

गोकर्णेश्वर नगरपालिकामा कार्तिक २५ गते सम्मको कोरोना बिवरण

कपन अनलाइन

काठमाडौं, कार्तिक २६।  गोकर्णेश्वर नगरपालिकाले कार्तिक २५ गते सम्मको कोरोना बिवरण सार्वजनिक गरेको छ। उक्त बिवरण अनुसार हाल सम्म नगरपालिका भित्रका ८८६ जना पुरुष र ७५९ जना महिला गरि कुल १६४५ जना  संक्रमित रहेका छन ।त्यसै गरि हाल सम्म नगरपालिका भित्र ७५९जना पुरुष  र ६४९ जना महिला गरि कुल १४०८ जनाले कोरोना जितेको उल्लेख गरिएको छ ।साथै हाल सम्म नगरपालिका भित्रका ११ जना पुरुष र ९ जना महिला गरि कुल २० जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । हाल सम्म नगरपालिका भ्हित्र ११६ जना पुरुष र १०१ जना महिला गरि कुल २१७ जना सक्रिय संक्रमित रहेका छन ।

कोरोना संक्रमण भई होम आइसोलेसनमा ११०जना पुरुष र ९८ जना महिला गरि कुल २०८जना रहेका छन् भने अस्पतालको आइसोलेसनमा ६ जना पुरुष र ३ जना महिला गरि कुल ९ जना रहेका छन्।   नगरपालिकाले ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७ जना को आर डी टि परिक्षण गरेको र हाल सो आर डी टि परिक्षण बन्द गरिएको जनाएको छ ।त्यस्तै हाल सम्म नगरपालिकाले १५९० जना पुरुष र १४२९जना महिला गरि कुल ३०१९ जनाको पी सी आर परिक्षण गरेको जनाएको छ ।त्यसै गरि  अहिले सम्म कुल ३३५६ जनाको कन्ट्याक्ट ट्रेसिंग गरेको र सो कन्ट्याक्टट्रेसिंग गरिएका मध्ये ३३६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ  ।

तपाइँको प्रतिक्रिया ।