हार्दिक श्रद्धाञ्जली : राजबाबु श्रेष्ठ ‘सागर’ (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक ७ ।
आफ्नै देशको घाम
आफ्नै बलेँसीमानपोखिएपछि
आफ्नै तलाउको माछा
आफैले खान नपाएपछि
आफ्नै आँगनको कुवाको पानी
आफैले पिउन नपाएपछि
आफ्नै बगैँचाको फल
आफैले स्वादलिन नपाएपछि
जाडोमा आफ्नै चुल्हाको आगो
हत्केलाले ताप्न नपाएपछि ।
अरूको आकाशमा
घाम फुल्नुको के अर्थ रह्यो र ?
आफैले लगाउने जुत्ता
नलगाइकनै नयाँमै फाटेपछि
खुट्टाहुनुको के अर्थ भयो र ?
एकजोर आँखाभएर पनि
औँसीको राज्यमाउज्यालो नै हराएपपछि
आँखा गिद्धलाई दिए भैगोनि
छातीभित्र मासुको मुटु भएर पनि
बहुलालाई देश दुख्दैन भने
बहुलाको मुटु ब्वाँसोलाई दिए भैगोनि
सगरमाथाको शिरमा उभिएर
दुब्लो राष्टृयताक्रन्दन गरिरहँदापनि
बहुलाको स्वाभिमानदुख्दैन भने
बहुलामर्दाको खबरले
मलाई भतक्कै भई दुख्नु पर्छ भन्ने छ र ?
बहुलाभित्रको बहुला राष्टृयता
बहुलानमर्दै मरेपछि
बहुला मर्नुको के अर्थ रह्यो र ?
त्यसैले,
मीलाई अहिले नै हार्दिक श्रद्धाञ्जली
तिमी मरेपतिछि म श्रद्धाञ्जली दिने छुइनँ
श्रद्धाञ्जली चढाइएका सहिदहरू
मरेपछि अमर बने र बनिरहे
अझै बनिरहनेछन् आकाशमाचन्द्र र सूर्य रहनुजेल
तर तिमीनमर्दै मरिसक्यौ
तिमी धेरै चोटी मरिसक्यौ ।
त्यसैले,
बहुला मरेपछि म श्रद्धाञ्जली दिने छुइनँ
ए बाहुन !
फूकशंख र घोषणा गर बहुला मरेको
किनकिस
जानू छ हामीलाई मलामी
भोली सखारै आर्यघाटतिर
र ब्युँझाउनू छ त्यो बालक घामलाई
जसले औँसीको आयतन
राष्ट्रियताको मिटरले नाप्न सकोस् ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक