बाटोमा दिलमाया :काजी रोशन
कपन अनलाइन
काठमाडौं ,कार्तिक ८।
धेरै लामो समय पछि उसले दिलमयालाई बाटोमा देख्यो । २–३ बच्चाको आमा भए पनि खाईलाग्दो थियो, पहिरन पनि उस्तै हिडाई पनि उस्तै । उसले दिलमायालाई छुट्टै प्रकृतिकोमा देख्यो ।
सासु वितेको पनि झण्डै ३ बर्ष भयो क्यारे, आफ्नो संस्कार अनुसार आएका सबैलाई खुवाउनु पिलाउनु, प्रसाद बाड्नु, दान दक्षीणा दिनु, पिण्ड तर्पण गर्नु सबै काम गरेर उम्केको छ । छोरा चाहिँजागिर र आफ्नै व्यवसायमा थिए । घर सासु बुहारी मात्रथिए । सासु वृद्धा र अत्यन्त रोगी थिए । दैनिक औषधि खानु पर्थ्यो , औषधि किन्ने पैसा र औषधि लिन औषधि पसलसम्म जान उसलाई महाकष्ट थियो । आफूले गर्न नसक्ने भए पछि छोरा बुहारीले पनि टेर्न छोडी सकेका थिए ।
लठ्ठीको सहारामा लङ्रङ लङ्रङ गरेर हिडथे र विचविचमा थुचुक्क बसेर निजक आएकालाई आफ्नो दुःख सुनाउने गर्थे । छर छिमेकीले नभनेका कहाँहुन र भन्दा पनि बुहारी चाहिले उल्टै तिमीले नै लगेर पालभनिओठे जवाफ लगाउने रहिछ । बुहारी चाहिंले तल धाराबाट पानी माथि भान्सामा लैजाने ड्युटी दिएका थिए, घरको काम कुरामा र बुहारीको गाली सुनी नसक्नु थियो । आफूले खानाखाई सकेपछि सासुलाई चिसो भात थालमा राखेर आफ्नो काममा लाग्थ्यो । खाय खावस् नखाए नखाओस् उसलाई केही मतलव थिएन । वोलचाली नै बन्द भै सकेको थियो । छोरा चाहिले श्रीमतीलाई यसो सम्झनुपर्थ्यो । तर छोरा पनि उस्तै थियो । लामो दुःख, पिडा र चिन्ता पछि सासु बिते । छोरा बुहारीले भोज भतेर र अनेक कर्मकाण्ड गरे । सासु हुँदा सबैले छि छि र दुरदुर गर्ने बुहारी दिलमाया । सासुको काम उम्किएपछि ठाँटका साथ हिड्छ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक