यात्रा: तिलकराम पोख्रेल (कविता )

यात्रा: तिलकराम पोख्रेल (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक ७।

उज्यालोको खानी खन्दाखन्दै
बनेको अन्धकारको खाल्डोमा
कतै हामी रमाउन तथा लेका छैनौं ?
त्यहीजन्मिएको कुवालाई
संसार सम्झन थालेका त छैनौं ?
कतै…. हिलो मैलोमा मन रमाएर
स्वच्छतासँग दुश्मनीत गरेका छैनौं ?
निदाएको जूनलाई
प्रश्न गर्छु बारबार
हिजझुल्कोको सूर्यको ताप
भोली सम्म त रहला?
हिज र भोलीको बीचको
अनौठो यात्रा
यात्री बनेको म …..
असामयिक थाक्न नपरोस् ….
मलाई अन्धकारसँग
धेरै कुरा गर्नुछ।

 

तपाइँको प्रतिक्रिया ।