गर्मीमा तराई: दिवाकर प्रसाद आचार्य
कपन अनलाइन
काठमाडौं ,कार्तिक ७।
झुल्क्यो घाम झलक्क कि ती धरणी आगो समानकी बनी
वासिन्दा नरनारीहेरु जति छन् घामले ती काला बनि
मैलो गन्जी कछाडले शरीरमा ढाकेर हास तैपनि
गर्छन काम विचरा परिश्रमीहरु इन्जिन सरीका बनी ।
नौ या दश हुन पाउंदैन पथमा जोड्ने हुरी चल्दछ
बज्दा बाह्र रनक्क राति पृथिबी भूगर्भ नै जल्दछ
खरका छन झुपडी न कि अरु मनोञ्जन हुने दृष्य छन्
चौतर्फै समतल भूमि अनि धूलो नानी महां नाच्दैछन् ।
औलोका धपधपती दृष्य नभमा तिरमीर गरी टल्कने
साथै अङ्गमहां अतिव पसिना निस्की शीरै बल्कने
तीर्खाले गरी जोड पानी पिउँदा ज्यादै हरेक शउने
उङ लागिकन हाइ आइदिनमा आलस्य खूब लागने ।
गाडावान अती कठोर वचनले सुधा बयलमा सदा
गर्दै गाली नीरापराधीहरुमा झन लाठी बर्षाउदा
अश्रु झारी टपक्क हायस मुक ती त्यागेर मल झस्कदा
छाती चर्की चरक्क गर्छ सवको देखेर निष्ठुरता ।
फैलाएर पखेरु कृष्ण नभमा आइन् कि सन्ध्या सवै
देखेमा पनि डोरी तर्क गरी सांप झस्केर भाग्छन् निकै
भैं भित्ता डसना सिरक र तकिया जांचेर राम्रो गरी
सुत्छन् किन्तु डराइभित्र मुटु ता धड्कन्छ ढुक ढुक गरी ।
गोमन घोरकरेट बृश्चिकहयौ औलो र ल्हु प्लेग ती
लाम्खुट्टे पनि छन अहो अती कडा लेखौं म धेरै कति
निस्की धेर घमौर आदि खटिरा सर्वाङ्ग नै ढाक्दछन्
वर्षामा यही कष्टले नरहरु अन्तर नै भाग्दछन् ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक