Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/121691510_830369257700682_7775702885591407872_n.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बाल अधिकार अभियान निरन्तर गर्न जरुरी

कपन अनलाइन

काठमाडौं ,कार्तिक ४।

चाइल्ड नेपालको १६औँ वाषिक साधारण सभा तथा सामाजिक परिक्षण भएको छ।  राष्टिय मानवअधिकार समितिका पूर्व अध्यक्ष  अनुपराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो साधारणसभामा आ.व. २०७६/ ७७ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका निर्देेशकले संस्थाबाट भएका राष्टिय र स्थानीय तहमा भएका सकारात्मक परिवर्तनहरु, चुनौतीहरु र भावी योजनाको प्रस्तुतिकरण  दिएका थिए  ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले समग्र बालअधिकारको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै चाइल्ड नेपालले यसको नेतृत्व गर्नुपर्ने बताएका थिए  ।

त्यस्तै  राष्टिय योजना आयोगका माननीय सदस्य  मीन बहादुर शाहीले राष्टिय योजनाको निर्माणमा नागरिक समाजको विशेष भूमिका रहने बताएका थिए भने  महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव बुद्ध बहादुर गुरुडले नेपाल सरकारसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालनका लागि जोड दिएका थिए ।

कार्यक्रममा अधिकारकर्मीहरु तारक धिताल, कृष्णचन्द्र आचार्य, सुदर्शन सिग्देल, हिरा दाहाल, किरण थापा, बेनुमाया गुरुड रविन नेपाली लगायतले आफ्नो मन्तव्य राखेका थिए  ।

संस्थाका अध्यक्ष कृष्ण सुवेदीले आगामी दिनमा संस्थाले सबै तहका सरकारहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्दै बालअधिकार अभियानलाई निरन्तरता दिने विषयमा जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।