होमस्टे पर्यटन, संभावना र अवसर : अर्जुन पाण्डे
के हो होमस्टे ?
“म र मेरी श्रीमती यहाँहरुलाइ आफ्नै घरको बातावरण दिन्छौं । हामी आफैले तैयार पारेको खानाको परिकार, बस्ने ब्यवस्था र अन्य सुबिधा र सेवा उपलब्ध गराउँछौं । आउनुहोस्, हामीसंगै खानुहोस्, बस्नुहोस् । हाम्रो घरमा यहाँहरुलाइ हार्दिक स्वागत छ ।हमी यहाँहरुलाइ कम्तिमा दुइ रात र बढिमा तीन हप्तासम्म बस्ने ब्यवस्था गर्छौं । यहाँहरुको सुविधा अनुरुप सेवा सुविधा फेरबदल गर्न परे पनि हामी खुसी हुनेछौं ।” यो अनुरोध हो मलेसियाको मेलका शहरको एक परिवारको ।
“अगर आप शहर की भाग दौड भरि जीन्दगी से परेसान होकर एक शुकुन की जगह पर रहना चाहते हैं तो पहाडी हाउस आपके लिए एक उचित स्थन है । पहाडी हाउस मै आपकी विलकुल किसि ग्रामिण निवास की भाँती आभास होगा । पहाडी हाउसको उत्तराखण्डके सर्बश्रेष्ठ घरों मे से एक माना जाता है क्यों कि यह पूरा घर लकडी और मिट्टीसे बना हुवा हैं ।
यदि आप यहाँ कुछ दिन तक ठहरना चाहते हैं तो आपको यहाँ कमरे, तम्बु, कटेज इतयादि भि उपलव्ध कराये जाते हैं ।” यो बिज्ञापन हो, छिमेकी देश भारतको उत्तराखण्ड स्थित एक दुर्गम गाउँको एउटा होमस्टे ब्यवस्थापनको ।“सुबिधाहरु पूरा पूर र सफा त्यत्तिकै । रुफटप र बार्दली त झन गज्जब । मलाइ त आफ्नै घर झैं अनुभव भयो । परिवार पनि कस्ता सहयोगी, फरासिला, सहयोगी र अतिथी स्वागत सत्कारमा निपूण । भान्सा चाहिँ साझा । त्यो पनि रमाइलै भयो । फेरी नेपाल आउँदा यहिँ बस्ने हो ।” यो भनाइ हो । अमेरिकी पर्यटक नाभाद को । उनले काठमाडौंको एउटा होमस्टेमा केही दिन बसेर घर फर्कँदा बसाइको अनुभव रिभ्यु लेख्दै यसो भनेका हुन् ।
यि होमस्टे पर्यटनका प्रशंगहरु हुन् । पर्यटनमा होमस्टे मोडलको शुरुआत नयाँ हो । विश्व अर्थतन्त्रमा बेला बेलामा आएका मन्दीका कारण यातायात तथा होटलका बसाइ महँगो हुन गयो । त्यसैले कम बजेट हुने पर्यटकहरु महँगा होटलहरुमा बस्नुको सट्टा स्थानीय मनिसहरुका घर कोठामा परिवार संगै मिलेर बस्ने, एउटै भान्सामा खाने प्रचलन शुरु भयो । यो तरिका होमस्टे हो । यो एक किसिमको पेइंग गेष्ट मोडल हो । ठूला र आधुनिक होटलहरुको बसाइ भन्दा होमस्टे सस्तो छ । पछिल्ला बर्षहरुमा बिश्वका सबैजसो देशहरुमा होमस्टे प्रयोगमा आइरहेछन् । ठाउँ विशेष, होमस्टेका भिन्न भिन्न मोडलहरु लोकपृय पनि भैरहेका छन् ।
सामुदायिक होमस्टे :
हाल हाम्रा स्थानीय समुदायले सन्चालन गरेका होमस्टेका विबाध मोडलहरु प्रचलनमा छन् । सरकारले होमस्टे सन्चालन गर्ने कार्यबीधि नै तैयार पारेको छ । नेपालमा हाल शहर तथा गाउँसम्म होमस्टे सन्चालित छन् तर होमस्टे कुनै दुर दराजका गाउँका खास समुदायले स्थानीय रुपमा सन्चालन गर्ने ब्यावसाय हो भन्ने आम बुझाइ छ । यो केही हदसम्म सत्य पनि हो । शहरमा जस्तो गाउँमा होटलहरु छैनन् । अर्को तर्फ शहरका मानिसहरुका निम्ति गाउँले जीवन नौलो छ । गाउँ घुम्न जाने मन छ तर गाउँमा होटल छैन भने बस्ने कहाँ ? यो समस्याको समाधान हो होमस्टे । अचेल हिउँद मासमा शहरदेखि टाढा गाउँ हेर्न, त्यहाँका खानपान, रहन सहन र संस्कृति अवलोकन गर्न एक दुइ दिन होमस्टे गर्ने लहर नै छ । एउटा खास गाउँमा पाहुनाहरुको निम्ति समुदायका सदस्यहरुले आफ्नो घरको एउटा वा दुइवटा कोठा पाहुना सुत्नको निम्ति छुट्याएको हुन्छ । शौचालय, पानी, बत्ती, सरसफाइ जस्ता पूर्वाधार उपलव्ध हुन्छन् । पाहुनाहरुको स्वागत स्थानीय महिलाहरुले साँस्कृतिक भेषभुषा सहित गीत संगीतबाट गरिन्छ । परिवारको भान्सामा स्थानीय खाना खाने, बेलुका समुदायिक घरमा सबै जम्मा भएर साँस्कृतिक कार्यक्रम गर्ने गरिन्छ । हाम्रा पश्चिमका पहाडी गाउँहरुमा सामुदायिक होमस्टेको लोकपृयता बढिरहेको छ । यति हुँदा हुँदै पनि आज होमस्टेलाइ प्रमुख ब्यावसायको रुपमा अंगाल्ने अवस्था भने बनेको छैन ।
शहरका घर घरमा होमस्टे :
शहरमा होमस्टेको संभावना अझै बढि छ यद्यपि यहाँ यसलाइ बुझ्ने बुझाउने प्रयास हुन सकेको छैन । शहरमा सुबिधा सम्पन्न महँगा होटलहरु छन् । यस्ता होटलहरुको संख्या कम छ किनकी यहाँ स्तरीय सुबिधा र सेवा जुटाउँन खोज्दा खर्चको लागत बढ्छ र त्यही अनुरुपको शुल्क पाहुनाहरुसंग लिनु पर्ने हुन्छ । महँगो हुनाले यहाँ सबै खाले पर्यटकका पहुँच नपुग्नु स्वभाविकै हो । यही समस्यालाइ ध्यान दिइ हाल विश्वका कैयन शहरहरुमा पर्यटनमा नयाँ जुक्ति निकालियो । घर छ, एक दुइ खाली कोठा छन्, घरमा काम गर्ने मान्छे पनि छँदैछन्, भान्सा छँदैछ, परिवारलाइ खाना बनाउन परिहाल्छ भने त्यसैलाइ थोरै ब्यावसायिकतामा ढाल्न सकियो भने आफ्नै घरमा आय आर्जन किन नगर्ने ? यै मक्सदले आज धेरै शहरमा साना ठूला घर परिवारले आफ्नो घरको एक दुइ वा बढि संख्यामा कोठाहरु पाहुनाका नम्ति छुट्याउन थालेका छन् । अब घर र गच्छे अनुसारको सुबिधा दिने, त्यै अनुरुपको शुल्क निर्धारण गर्ने, पाहुनाहरुलाइ राख्ने । बस । आज घुम फिर गर्न जति सजिलो र आनन्ददायी छ, त्यत्तिकै सजिलो छ ब्यावसाय गर्न पनि । विद्युतीय सन्चारका सुबिधाका कारण आफु घुम्न जाने ठाउँ, बस्ने घर वा परिवार, त्यहाँ उपलब्ध सुविधा आदि यात्रा शुरु गर्नु अगावै हेर्न बुझ्न र संबन्धित ब्यावसायीसंग बातचित गर्न सकिन्छ । यसले विश्वसनीयताको प्रत्याभूति हुन्छ । पर्यटक, ब्यावसायी दुवैलाइ फाइदा ।
होलिडे रेण्टलस्, एयरबिएनबि :
भनिन्छ ब्यापार व्यावसाय गर्नको निम्ति लगानी गर्न धेरै पैसा चाहिन्छ । यो सही पनि हो तर सँधै होइन । पैसा भन्दा पहिला आइडिया चाहिन्छ । सन् २००७ अक्टोबरमा अमेरिकाको सान्फ्रासिस्कोमा दुइ रुममेट युवा, ब्रेन चेस्की र जो गेबीयाले एउटा अनौठो प्रयोग गर्ने सल्लाह गरे ः हाम्रो लिभिंग रुममा एउटा थप मेट्रेस राखौं र भाडामा लगाऔं । उनिहरुले लिभिंग रुममा एउटा एयर मेट्रेस (हावा भर्ने, काम सकिएपछि पट्याएर राख्न मिल्ने) थपे र राती पाहुना सुते बापतको भाडा लिए । मेट्रेसमा सुत्नेलाइ भोलिपल्ट बे्रकफास्ट पनि दिए । यो छिट्टै पपुलर भयो र यसबाट नसोचेको आमदानी हुन थाल्यो ।
अब उनिहरुले एउट कम्पनी खोले :
एयरबेड एण्ड ब्रेकफाष्ट (एयर बिएनबि)। फेरी उनिहरुले अरुका अपार्टमेन्टहरुलाइ आफ्नो वेबसाइटको लिष्टमा देखाएर भाडाको कमिशन लिन थाले । एयर बिएनबी को साइटमा विश्वका ठूला शहरहरुका ठूला ठूला अपार्टमेन्टहरु पनि लिष्टेड भए । ति अपार्टमेन्टहरुको आमदानीको केहि प्रतिशत एयर बिएनबिले लिने भयो । आज एयर बिएनबि निकै ब्यवस्थित पनि भैसकेको छ । बिश्वका ठूला शहरमा बिसौं तल्लका अपार्टमेन्टहरु लिष्टेड भएका छन् । पर्यटकलाइ त्यत्ति नै सुबिधा । एट्याच बेडरुम, लवी, बडेमानको टीभी, वासिंग मेशिन, किचेन, भाँडाकुँडा, बाथरुम, कौशी, बाल्कनी आफ्नै घरमा बसेजस्तो । परिवारको साथमा घुम्न, बस्न होटल भन्दा सस्तो पनि । एकातिर पर्यटकका निम्ति सहज, सुलभ आर्कोतिर सो कम्पनी आज विश्वको धनी कम्पनीमा गनियो । एकै रात करोडौंको ब्यापार । एयर बिएनबि विश्वमा यति लोकपृय बनेको छ कि आज बिसौं तल्लाका अपार्टमेन्ट एयर बिएनबि साइटमा गएर बुक गर्न सकिन्छ, अनलाइन पे गर्न सकिन्छ ।
अखिरी सन्देशआफैलाइ :
हाम्रो जस्तो प्रकृति र सांस्कृतिक सम्पदा रहेको देशमा होमस्टेलाइ कसरी अर्थतन्त्रको आधारको रुपमा विकास गर्ने ? यस बारे चिन्तन मनन गर्नु जरुरी छ । आज देशमा अवसर छैन भन्दै युवा पलायन भैरहेछन् । गाउँ शहरमा उपयुक्त मोडलको होमस्टे ब्यवस्थापन गर्न सके यसबाट नसोचेको आमदानी गर्न सकिन्छ । युवाहरु किन बिदेश जाने ? आफ्नै घरमा गर्ने मनग्गे आमदानी । एकातिर घरहरु खाली भएका छन् । कोठाहरु रित्तिएका छन् । तर यो अवस्थाले अर्को संभावनाको ढोका खोलिदिएको पनि छ । हाम्रा घरका एउटा, दुइवटा कोठाहरु खाली रहेका हुनसक्छन् । एउटा फ्ल्याट वा घर नै खाली हुन सक्छ । तिनका उपयोग गरेर नयाँ नयाँ होमस्टेका तरिका किन नअपनाउने ? आज शहरमा, ठूलो घर छ, आँगन छ, दुइ चार फूलका बोट पनि छन्, लिभिंग रुम छ, बाथरुम छ, तातो चिसो पानीको ब्यवस्था छ, भान्सा कोठा छ, दुइ तिन बेड रुम छन्, परिवारमा जम्मा दुइ जना छन् । यो सम्रचनालाइ ब्यावसायिक रुपमा किन उपयोग नगर्ने ? गरौं बिएनबि ।
नेपालीहरु आफै पनि अतिथी देवो भवः संस्कृतिमा हुर्किएका हुन् । पाहुनाको सत्कार गर्न जानेकै छन् । अझै परिमार्जन गरौं । आफ्नै घर सिँगारौं, सफा सुग्घर बनाऔं, पाहुनाको निम्ति सामान्य ब्यवस्थापन गरौं, सुरु गरांै होमस्टे । कोठा, फ्ल्याट भाडामा दिएर सामान्य आय गरिबस्नु भन्दा त्यै फ्ल्याटलाइ साधनले सजाऔं, महिना दिन कुरेर लिने भाडा एक हप्तामै लिउँ । आमदानी चौबर । “आमका आम, गुठलीका दाम” भने झैं आफ्नो घर सजाउनु छ, घरमै बस्नु छ, दाम पनि कमाउनु छ । आज बिद्युतिय सन्चारको युग छ । हम्रा गाउँ, शहर, घर करेसा बारीका राम्रा तस्बिरहरु खिचौं, सजाऔं र राखिदिउँ बिश्वका आठ अरब मानिसका आँखा अगाडी । यो कुनै रकेट साइन्स होइन । सामान्य किसिमले हुने ब्यवसाय हो । नेपालको प्रकृति र संस्कृतिले दिएको सन्देश पनि यहि हो ः गरौं होमस्टे पर्यटन ।