बुढानीलकण्ठमा खानेपानी समस्या: ठोस नीति र नगरपालिकाको दायित्व
बुढानीलकण्ठ नगरपालिकामा खानेपानी जस्तो आधारभूत आवश्यकता अझै पनि व्यवस्थित हुन सकेको छैन। यसका लागि ठोस नीति नहुनु दुखद मात्र होइन, गम्भीर समस्या हो। हाल उपभोक्ता समितिहरूको नाममा नगरवासीको पानी पहुँचलाई निजी स्वार्थको साधन बनाइएको छ। यसकै परिणामस्वरूप, एउटा साधारण धारो जडान गर्न २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म तिर्न बाध्य बनाइन्छ, जसले नागरिकलाई आर्थिक बोझ थपेको छ। जबकि पानी जस्तो आधारभूत सुविधा उपभोग गर्न नगरवासीले यस्तो ठूलो रकम तिर्नु आवश्यक हुँदैन। नगरपालिकाले यस प्रकारको अन्यायपूर्ण शुल्क उठाउने कार्यहरूलाई नियन्त्रण गर्नुपर्छ।
यसले नागरिकलाई न केवल आर्थिक कष्टमा पारिरहेको छ, बरु उनीहरूको जीवनस्तरमा पनि नकारात्मक प्रभाव पारिरहेको छ। यस्तो अवस्थालाई सुधार गर्न नगरवासीले तत्काल खानेपानी नीति निर्माणको माग गरेका छन्। यस नीतिको मस्यौदा सार्वजनिक गरिनु आवश्यक छ, ताकि नगरवासीले सुझाव राखेर सामुदायिक सहमति बनाउने प्रक्रिया अघि बढोस्। हालै मेयर मिठाराम अधिकारीले खानेपानी नीति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि ठोस मिति नतोक्नुले नगरवासीलाई निराश बनाएको छ।
यस विषयमा प्रमुख राजनीतिक दलहरूको—जस्तै नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, र राप्रपाको सहयोगमा नीतिगत निर्णय लिइनु पर्दछ।
यस्ता ठूला दलहरूको सहकार्यमा मात्र नीति प्रभावकारी र ठोस बन्न सक्छ। अब समय आएको छ कि मेयरले यस्तो भ्रष्टाचारलाई हटाएर नागरिकलाई राहत दिन कदम उठाउनुपर्छ। नगरवासीको हितमा खानेपानी नीति नहुदा देखिएको अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न नगरपालिकाले कडा कदम चाल्न आवश्यक छ मेयर साव, तपाइँ जनताको भोट बाट निर्वाचितहुनु भएको हो । त्यो दले घेराबन्दी देखि डराउनु पर्दैन ।
तपाइँको प्रतिक्रिया ।