प्रत्येक नागरिकहरुले आफ्नो र परिवारको स्वास्थलाई प्राथमिकतामा राखेर चाडपर्व मनाऔ: दिपक रिसाल
कपन अनलाइन
काठमाडौँ, असोज २७।गोकर्णेश्वर नगरपालिका लगायत देशभर कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा थप स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले नगरबासिहरुलाई अनुरोध गरेका छन । कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै उनले गोकर्णेश्वर नगरपालिकामा मात्रै असोज २६ गते सम्म कुल ८५१ जना संक्रमित भेटिएको बताउदै त्यस मध्ये ४२४ जना सक्रिय संक्रमित रहेको अवस्थामा हेलचेक्र्याइँ नगर्न उनले सबैलाई अनुरोध गरेका हुन् ।
निषेधाज्ञा खुले संगै संक्रमण ब्यापक रुपमा फैलिएको भन्दै उनले मान्छेको आउजाउ बढे संगै संक्रमितको चाप पनि बढेको बताए। गोकर्णेश्वर नगरपालिकाले प्रत्येक आइतबार कोरोना परिक्षणको लागि स्वाब संकलन गरिदै आएको जानकारी दिदै काठमाडौं महानगरले क्वारेन्टिनसम्म बनाउन नसकेको अवस्थामा नेपाल मेडिकल कलेजमा १ सय बेड क्षमताको आइसोलेसन र लायन्स क्लब संग समन्वय गरेर ५३ सैयाको आइसोलेसन सेन्टर संचालनमा ल्याएको बताए । त्यसै गरि उनले कन्ट्याक्ट ट्रेसिङका लागिनेपाली सेना, प्रहरी समेत रहेको ११ जनाको टोली बनाएको जानकारी गराउदै । ११ जना स्वास्थ्यकर्मीलाई कोभिडकै काममा खटाउन परिचालन गरेको पनि जानकारी गराए। नगरपालिकाले दुइ वटा एम्बुलेन्स समेत निशुल्क संचालन गर्दै आएको जानकारी गराए।
नेपाल मेडिकल कलेज संगको सहकार्यमा एउटा नन कोभिड बिरामीको लागि र एउटा कोभिड संक्रमितहरुको लागि भनेर दुइ वटा एम्बुलेन्स संचालनमा ल्याएको जानकारी गराए ।नगरपालिकाले ५ करोडको कोभिड कोष बनाएको र पिसिआर मेसिन किन्ने भनेर डेढ करोड छुट्याएको जानकारी गराए।
उनले कोरोना संक्रमण एकदमै बढ्दै गइरहेको अवस्थामा सरकारको साथ साथै जनताको पनि केहि दायित्व हुने भन्दै संक्रमण हुन नदिनको लागि भनिएका उपाय पालना गर्नुपर्यो, कोरोनाले मलाई केहि गर्दैन वा यो भने जस्तो गम्भीर छैन भनेर मनलाग्दी गर्नु भएन उनले भने जिम्मेवार भएर मास्क लगाउन सामाजिक दुरी कायम गर्न अनुरोध गर्दै “यस्तो जटिल परिस्थितिमा सरकारले नियम बनायो यस्ता नियमहरु पालन गर्ने कि नगर्ने ? भन्दा पनि आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित बनाउने भन्ने कुरा स्वयंम व्यक्तिले मनन गर्यौ भने मात्र हामी सबैजना सुरक्षित रहन सकिन्छ” उनले भने।
चाड बाड नजिकिदै छ यो वर्ष थप जिम्मेवार भएर ठुलाबडा संग सके सम्म कम घुलमिल हुदै सामाजिक दुरी कायम गरि चाड बाड मनाउन पनि उनले अनुरोध गरेका छन।यस्तो परिस्थितिमा चाडपर्व भन्दा पनि हरेक नागरिकहरुले आफ्नो र परिवारको स्वास्थलाई प्राथमिकतामा राखेर सोच्नु पर्ने बेला आएको छ । कोरोना संक्रमितको जोखिम जेष्ठ नागरिक, दिर्घ रोगी बालबालिकाहरुमा बढी देखिएको हुँदा प्रत्येक नागरिकहरुले आफ्नो र परिवारको स्वास्थलाई प्राथमिकतामा राखेर चाडपर्व मनाउन समेत अनुरोध गरेका छन।
गोकर्णेश्वर नगरपालिकाले कोरोना रोकथामको अनेक प्रयास गर्दा पनि कोरोना संक्रमण बढिरहेको अवस्थामा आम नगरबासीलाई सचेत हुदै स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्दै जिम्मेवार नागरिकको दायित्व पुरा गर्न समेत अनुरोध गरेका छन ।